Lumina
Zechariah

Empty Fasting

Zechariah 7·Nepali Bible

1फरसमा दाराको राज्यकालको चौथो वर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन किसलेबको महिना थियो।

2बेतेलका मानिसले शरेशेर, रेगेम-मेलेक अनि आफ्नो मानिसहरू समेतलाई परमप्रभुसंग एउटा प्रश्न सोध्न पठाए।

3तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति वर्ष सम्म मन्दिर ध्वंश भएकोमा शोक मनाउँने। अहिले गरिरहे झैं मैले प्रत्येक वर्षको पाँचौं महिनामा रूनु अनि उपवास बस्नु पर्छ?”

4सर्वशक्तिमान परमप्रभुको वचन मकहाँ आयो,

5“पूजाहारी अनि देशका सबै मानिसहरुलाई भन, ‘उपवास र विलाप तिमीहरुले सत्तरी वर्ष देखी वर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन!

Zechariah 7 illustration - Zechariah Chapter 7

6जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।

7“यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो। हैइन? उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेशवरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”

8जकरियालाई परमप्रभुले यो वचन दिनु भयोः

9सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो, ‘तिमीहरूलाई जे सत्य र उचित साग्छ त्यही गर्नु पर्छ। तिमीहरू एक अर्काप्रति दयालु र करूणामय हुनु पर्छ।

10बिधुवाहरू, टुहुरा-टुहुरी बिदेशी अथवा गरीव मानिसहरुलाई चोट पुर्याउनु हुँदैन। एक-अर्कालाई नराम्रो गर्ने बिचार पनि मनमा ल्याउनु हुँदैन।”

Zechariah 7 illustration - Zechariah Chapter 7

11तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरुले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।

12तिनीहरू हठी थिए। तिनीहरुले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे। आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरुलाई वचन पठाउँनुभयो। तर मानिसहरूले त्यो सुनेनन्, यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।

13यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, “मैले तिनीहरुलाई बोलाएँ तर तिनीहरुले उत्तर दिएनन्, यसकारण अब मलाई तिनीहरूले बोलाए पनि म तिनीहरुलाई उत्तर दिनेछैन।

14म अब तिनीहरुलाई एउटा आँधी-बेहरीले झैं तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु। जब तिनीहरू यो देश भएर जान्छन् तिनीहरुले छोडे को भूमि उजाड हुनेछ। त्यो सुन्दर भूमि ध्वंश हुनेछ।

Chapter Complete

You have read Zechariah 7

14 verses