Lumina
Zechariah

The Flying Scroll

Zechariah 5·Nepali Bible

1तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें।

2स्वर्गदूतले मलाई सोधे, “तिमाले के देख्यौ?”मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”

3त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झुटो बोल्ने मानिसहरुको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरुले शपथ लिन्छ।

4सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म यो पत्रलाई चोरहरुको घर अनि झुटा मानिसहरुको घरमा पठाउनेछु। जसले झुटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्ठो त्यहीं बस्नेछ अनि ती घरहरु नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।

5त्यस समयमा मसंग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”

Zechariah 5 illustration - Zechariah Chapter 5

6मैले भनें, “यो के हो?” उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरु नाप्न बनिएको हो।”

7बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ।

8तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिए अनि सिसाले छोपी दिए।

9तब मैले मेरो आँखा खोलें अनि दुईजना स्त्रीहरु तिनीहरुको पंखेटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरुको पंखेटाहरु सारसको जस्तै थिए। तिनीहरुले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे।

10तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधें, “त्यो बाल्टीन कहाँ लिएर गई रहेका छन्?”

Zechariah 5 illustration - Zechariah Chapter 5

11स्वर्गदूतले मलाई भनें, “तिनीहरु शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहे छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”

Chapter Complete

You have read Zechariah 5

11 verses