Lumina
Zechariah

The Measuring Line

Zechariah 2·Nepali Bible

1तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें।

2मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”

3त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।

4उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरु र पशुहरु बस्छन्।’

5परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरुको महिमा हुनेछु।”‘

Zechariah 2 illustration - Zechariah Chapter 2

6परमप्रभु भन्हुन्छ, “छिट्टो उठ! अनि उत्तर देश छोड जहाँ मैले तिमीहरुलाई सबै देशहरुमा छरपष्ट पारें।”

7हे सियोनका मानिसहरु! जो बाबेलमा कैदीछौ, “दगुर।”

8सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।

9अनि म ती मानिसहरुको बिरूद्ध अफ्नो हातहरु उठाउँछु। तिनीहरुका दासहरुले सम्पत्ति लिनेछन्। तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई यहाँ पठाउँनु भएको हो।”

10परमप्रभु भन्नुहुन्छ, “आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन। किन? किनकि म आउँदैछु अनि तिमीहरुको बिचमा रहनेछु।

Zechariah 2 illustration - Zechariah Chapter 2

11त्यससमय धेरै जातिका मानिसहरु परमप्रभु कहाँ आउँनेछन्, अनि तिनीहरु मेरा मानिस हुनेछन्। म तिमीहरुको बीचमा बस्नेछु। अनि तिमीहरुले जान्नेछौ कि सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरुकहाँ पठाउनु भएको हो।”

12परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ, अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।

13तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउँनु हुँदैछ।प्रधान पूजाहारीको बारेमा दर्शन्

Chapter Complete

You have read Zechariah 2

13 verses