Lumina
SongofSolomon

The Bride Searches

SongofSolomon 5·Nepali Bible

1मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ।प्रेमिका भन्छे

2म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु। ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पुर्णता मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।

3मैले मेरा लुगाहरू फुकालिसकेकोछु। म फेरि पहिरिन चाहाँदिनँ। मैले मेरा पाऊ धोइसकेकोछु, यसलाई म फेरि मैला हुन दिँदिनँ।”

4तर उसको निम्ति म व्याकुल भएँ मेरा प्रेमीले ढोकाको प्वालबाट हातहाल्दा।

5म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें, मेरा हातहरूबाट रस गन्ध अनि औलीहरूबाट रस गन्धका थोपाहरू तल माथि चुहे।

SongofSolomon 5 illustration - SongofSolomon Chapter 5

6जब मैले मेरा प्रेमीको लागि ढोका उघारें, तर मेरो प्रेमी त्यहाँबाट गइसकेका थिए। म झण्डै मरें जब उहाँ आएर गए पछि। मैले उहाँलाई खोजी हिडें तर भेटिनँ, मैले उहाँलाई बोलाउँदै खोजे तर उहाँले मेरो बोलावटको उत्तर दिनु भएन।

7शहरका पहरेदारहरूले मलाई भेटे, र तिनीहरूले मलाई पिटे, अनि मलाई चोट पुर्याए। पर्खाल माथि बसेका पहरेदारहरूले मैले ओढेको घुम्टो खोसे।

8हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु, “यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्यौ भने भनिदेऊ, म उहाँलाई यति साह्रो प्रेम गर्छु, कि जब उहाँ मसित हुनुहुन्न तब म बिमारी हुन्छु।

9स्त्रीहरूमा तिमी अति सुन्दरी छौ, तिम्रा प्रेमी र अन्य प्रेमीहरूमा के भिन्नता छ? के तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा उत्तम छन्? के यसैकारण तिमी हामीबाट वचन लिन चाहान्छौ कि तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा सुन्दर छन्?

10दश हजार मानिसहरूको बीचमा पनि मेरा प्रेमी उज्जवल र तन्दुरूस्त देखिन्छन्।

SongofSolomon 5 illustration - SongofSolomon Chapter 5

11उहाँको शीर शुद्ध सुन जस्तै छ, उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।

12उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका ढुक्कुर जस्ता छन्, उहाँका आँखाहरू दूधमा डुबेका ढुक्कुरहरू जस्ता छन्।

13उहाँका गाला सुगन्धित मसलाको बगैंचा झैं, सुगन्धको लागि प्रयोग गरिएका फूलहरू जस्तो छ। उहाँका ओठहरू सुगन्धित रस चुहिरहने, लिली फूलहरू जस्ता छन्।

14उहाँका पाखुराहरू ढुङ्गा जडित, सुनका डन्डाहरू जस्ता छन् उहाँको शरीर नीलम जडित हात्तिको चिल्लो दाँत जस्तो छ।

15उहाँका पाऊहरू शुद्ध सुनमा राखिएका सङ्गमरमर जस्ता छन्। उहाँ लेबनोनमा हुने राम्रो उद्भिद् अग्लो देवदारू वृक्ष झैं देखिनु हुन्छ।

SongofSolomon 5 illustration - SongofSolomon Chapter 5

16हो, यरूशलेमका स्त्रीहरू! उहाँको मुख अधिक मिठास पूर्ण छ। मेरा प्रेमी अत्यन्तै कामनीय हुनुहुन्छ। मेरा प्रियतम, मेरा साथी यस्तो हुनुहुन्छ।

Chapter Complete

You have read SongofSolomon 5

16 verses