Lumina
SongofSolomon

The Voice of My Beloved

SongofSolomon 2·Nepali Bible

1म भञ्चयाङमा फुल्ने गुलाफ अनि बेंसीमा फुल्ने लिली फूल झैं छु।

2हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ।स्त्री भन्छिन्

3हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलमा अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं छौ। म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।

4मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो।

5म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।

SongofSolomon 2 illustration - SongofSolomon Chapter 2

6उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ अनि दाइने हातले मलाई अँगालेको छ।

7हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। मसित प्रेम गर्न उत्तेजित नहौ जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।

8मेरो प्रेमीकाको स्वर सुन! लौ हेर, उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै अनि डाँडाहरूमा दगुर्दै।

9मेरा प्रेमी एउटा लघुमृग अथवा जवान मृग झैं हुनुहुन्छ। हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ, झ्यालबाट हेरिरहनु भएकोछ, आँखी झ्यालबाट चियाइरहनु भएकोछ।

10मेरा प्रेमीले भन्नु भयो, हे सुन्दरी, मेरी प्यारी उठ, कतै टाडा जाऊँ।

SongofSolomon 2 illustration - SongofSolomon Chapter 2

11हेर! हिउँद बित्यो, वर्षा काल पनि गई सक्यो।

12भूमिमा फूलहरू फूलिरहेकाछन्, चराहरूले गाउने समय आइसकेको छ। पृथ्वीमा ढुकुरहरू कुर्लिन थालिसके।

13नेभाराका चिचिलाहरू लाग्न थाल्यो, दाखका फूलहरूबाट वासना फैलिन थाल्यो। मेरी प्रियतमा उठ, हे मेरी सुन्दरी हिंड कतै टाढा जाऊँ।

14अग्लो चट्टानको गुफाहरूमा र, पहाडहरू माथि लुक्ने मेरो ढुकुर, मलाई तिम्रो दर्शन देऊ, मैले तिम्रो स्वर सुन्नु पाउँ। कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ अनि तिमी अत्यन्तै सुन्दरी छौ।

15हाम्रा निम्ति स्यालहरूलाई समातिदेऊ, किनभने ती स्यालहरूले हाम्रो दाखबारी नष्ट गरिदिन्छन् जो पूर्णरूपले फूलेकोछ।

SongofSolomon 2 illustration - SongofSolomon Chapter 2

16मेरा प्रेमी मेरा हुनु हुन्छ अनि म उहाँकी, मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।

17जबसम्म दिन बितेर छाँया लामो हुँदैन फर्कि आऊ, मेरा प्रेमी हरिण झैं बन अथवा मृगहरू झैं सुन्दर पहाडहरूमाथि।

Chapter Complete

You have read SongofSolomon 2

17 verses