Lumina
SongofSolomon

The Bride and the Beloved

SongofSolomon 1·Nepali Bible

1सुलेमानको सबैभन्दा उत्तम गीत।

2चुम्बनहरूसंग मलाई छुँनुहोस् तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।

3तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।

4तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।

5यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।

SongofSolomon 1 illustration - SongofSolomon Chapter 1

6मलाई नहेर, म कति काली छु, मलाई घामले काली पारेको हो। मेरा दाज्यू-भाइहरू म प्रति क्रोधित थिए, त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए, त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउन पाइनँ।

7म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेडाहरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउनेछु अथवा तपाईंका साथीहरूको बगाल अघि म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?

8तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो? स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ। जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।

9मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे।

10ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म राम्ररी सजाइएका छन्।

SongofSolomon 1 illustration - SongofSolomon Chapter 1

11तिम्रो निम्ति हामी सुनको लुर्कन चाँदीले मोरेर बनाउँने छौं।

12जब राजा आफ्नो कोठामा थिए, मेरो अत्तरको सुगन्ध फैलियो।

13मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ, (गलाको पहिरन) मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।

14मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।

15मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ, आहा! तिमी साँच्चै राम्री छौ, तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।

SongofSolomon 1 illustration - SongofSolomon Chapter 1

16मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ, साँच्चै तपाईं मनोहर हुनुहुन्छ! हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।

17हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन् डाँडा भाटाहरू सल्लाका छन्।

Chapter Complete

You have read SongofSolomon 1

17 verses