Lumina
Romans

Romans 13

Romans 13·Nepali Bible

1तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्।

2यसैले जो शासकहरूको विरोधमा जान्छ उ परमेश्वरको नियुक्तिको विरोधमा जान्छ। जो शासकको विरोधमा जान्छ उ दण्डित हुनेछ।

3ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।

4शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने उ परमेश्वरको सेवक हो।

5तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।

Romans 13 illustration - Romans Chapter 13

6अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्।

7तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।

8तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैं एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ।

9म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।”यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।”

10प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।

Romans 13 illustration - Romans Chapter 13

11मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ।

12“रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ।

13दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र र्खचिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरु गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगडा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन।

14त्यसको सट्टामा आफूले प्रभु येसू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।

Chapter Complete

You have read Romans 13

14 verses