Lumina
Revelation

Revelation 8

Revelation 8·Nepali Bible

1भेंडाको पाठाले सातौं मोहर खोल्यो। तब प्राय आधा घण्टासम्म स्वर्गमा शुन्यता छायो।

2अनि मैले देखें सात स्वर्गदूतहरुलाई जो परमेश्वरको सामुन्ने उभिएका थिए। तिनीहरुलाई सातवटा तुरही दिइयो।

3अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरुको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनोलो बेदीमा राखे।

4धूपको धुवाँ स्वर्गदूतको हातबाट उँभो उठेर परमेश्वरकहाँ गयो। त्यो घुवाँ परमेश्वरका मानिसहरुको प्रार्थनासितै उँभो गयो।

5त्यसपछि स्वर्गदूतले बेदीको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी बेदिको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी पृथ्वीमा फ्याँके। तब त्याहँ बिजुली चम्क्यो, गर्जनको आवाजहरु आयो अनि भूइँचालो गयो।

Revelation 8 illustration - Revelation Chapter 8

6तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरु आफ्ना तुरहीहरु बजाउन तयार भए।

7पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरु अनि एक-तिहाइ रुखहरु जले।

8दोस्त्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फ्याँकियो। अनि समुद्रको एक-तिहाई अंश रगत बन्यो।

9अनि एक-तिहाइ समुद्रका प्राणीहरु मरे, अनि एक-तिहाइ जहाजहरु नष्ट भए।

10तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झार्यो। त्यो तारा एक-तिहाइ अंश नदीहरु अनि पानीको मुलमा खस्यो।

Revelation 8 illustration - Revelation Chapter 8

11त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरु मरे।

12चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरुमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अंध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो।

13जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरुलाई जो पृथ्वीमा बस्छन्, तिनीहरुलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरुले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”

Chapter Complete

You have read Revelation 8

13 verses