Lumina
Revelation

Revelation 3

Revelation 3·Nepali Bible

1“सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख“उहाँ जसकोमा सात आत्माहरु अनि सात ताराहरु छन् तिमीहरुलाइ यस्तो भनिरहनु भएकोछ तिमीहरुले गर्दै गरेका कुरा मलाई थाहा छ. मानिसहरुले भन्दछन् कि तिमीहरु जीवित छौ। तर वास्तवमा तिमीहरु मृत हौ।

2उठ! जब तिमीहरुसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरुका कार्यहरु परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्।

3यसर्थ तिमीहरुले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्त्तन गर। तिमीहरु व्यूँझर उठ नत्र म तिमीहरुकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरुले थाहा पाउने छैनौं।

4तर सार्डिसको तिमीहरुसित तिमीहरुको समूहमा कोही मानिसहरु छन् जसले तिनीहरु स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरु मसित हिडेनेछन्। तिनीहरुले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरु त्यसका योग्य छन्।

5हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरुले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरुको समक्ष भन्नेछु।

Revelation 3 illustration - Revelation Chapter 3

6हरेक मानिस जसले यी कुराहरु सुन्ष्ठ्वछ आत्माले मण्डलीहरुलाई जे भनिरहेको छ उसले त्यो सुन्न पर्छ।

7“फिलाडेल्फियाको मण्डलीलाइ यो लेख“उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरुलाई यी कुराहरु भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।

8मलाई तिमीहरुले गरेका कुराहरु थाहा छन्। मैले तिमीहरु समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरुको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरुले मेरो उपदेश अनुसरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरु डराएका थिएनौ।

9सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरु दावी गर्छन् कि तिनीहरु यहूदीहरु हुन् तर झूटो हो। तिनीहरु साँचो यहूदीहरु होइनन्। म तिनीहरुलाई तिमीहरु समक्ष आउन अनि तिमीहरुको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरुले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरु तिमीहरु नै हौ।

10तिमीहरुले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरुलाई दुख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुख कष्टले पृथ्वीमा बस्ने मानिसहरुलाई जाँच गर्नेछ।

Revelation 3 illustration - Revelation Chapter 3

11“म चाँडै आउँदैछु। तिमीहरु अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरुको मुकुट खोस्ने छैन।

12मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु।

13त्यो मानिस जसले यी कुराहरु सुन्छ मण्डलीहरुलाई आत्माले के भनी रहनु भएको छ त्यो सुन्नुपर्छ।

14“लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख“आमिनएक हुनुहुन्छ जसले तिमीहरुलाई यी कुराहरु भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँचो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ

15तिमीहरुले जे गर्छों म जान्दछु। तिमीहरु न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरु न तातो होऊ न चिसो होऊ।

Revelation 3 illustration - Revelation Chapter 3

16तर तिमीहरु केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरुलाई उगेल्न तयार छु।

17तिमीहरु दावी गर्छों तिमीहरु धनवान छौ। तिमीहरु सोच्छौ तिमीहरु सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरु जान्दैनौ कि तिमीहरु वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ।

18म तिमीहरुलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरु साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरुलाई यो भन्दैछु। तिमीहरुको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरु साँच्चै देख्न सक्नेछौ।

19“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरुलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्तन गर।

20म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसंग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।

Revelation 3 illustration - Revelation Chapter 3

21“म हरेक मानिसलाई, जसले विज. प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसे.

22प्रत्येक मानिस, जसले यी कुराहरु सुन्छ, मण्डलीहरुलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”

Chapter Complete

You have read Revelation 3

22 verses