Lumina
Revelation

Revelation 22

Revelation 22·Nepali Bible

1तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो।

2त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाट्टी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरु मानिसहरुको विमार निको पार्नुलाई थिए।

3परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडाको पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरुले उहाँलाई आराधना गर्नेछन्।

4तिनीहरुले उनको चेहेरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरुको निधारमा हुनेछ।

5त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरुलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरुलाई प्रकाश दिनेछन्। अनि तिनीहरुले सदासर्वदा राजाहरुले जस्तै शासन गर्नेछन्।

Revelation 22 illustration - Revelation Chapter 22

6त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरु विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरुको आत्माहरुका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरुलाई ती कुराहरु, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।।”

7“सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरु पालन गर्छ, धन्य हुन्।”

8म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरु सुनें अनि देखें। यी कुराहरु सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरु देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ।

9तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। तिमी अनि तिम्रो भाइ अगमवक्ताहरु छन् त्यस्तै म एक सेवक हुँ। म जम्मै अरु मानिसहरु जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!

10तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरुलाई गुप्त राख्नु हुँदैन। यी कुराहरु पुरा हुनलाई समय आई सकेको छ।

Revelation 22 illustration - Revelation Chapter 22

11त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।”

12“सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरु ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु।

13मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ, प्रारम्भ अनि अन्त हुँ।

14“ती मानिसहरु धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरु सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरुले पाउनेछन्. तिनीहरु नगरका ती ढोकाहरुबाट पस्छन्।

15नगर बाहिर कुकुरहरु, जादूवालाहरु यौन-पापीहरु, हत्याराहरु, मूर्त्ति पूजकहरु अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरु छन्।

Revelation 22 illustration - Revelation Chapter 22

16“मैले मण्डलीहरुका निम्ति यी कुराहरु तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”

17आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।

18म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरु सुन्छ यदि कुनै मानिसले यी वचनहरुमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरु दिनु हुनेछ।

19अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरु हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ।

20येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरु सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।”आमिन। हे प्रभु येशू! आउनुहोस्।

Revelation 22 illustration - Revelation Chapter 22

21प्रभु येशूको अनुग्रह समस्त मानिसहरु साथ रहोस्। आमिन।

Chapter Complete

You have read Revelation 22

21 verses