Lumina
Revelation

Revelation 20

Revelation 20·Nepali Bible

1मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अतल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्लो पनि समातेको थियो।

2त्यो स्वर्गदूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गदूतले त्यसलाई त्यो साङलोले एक हजार र्वषको निम्ति बाँधे।

3त्यो स्वर्गदूतले त्यो सर्पलाई त्यो अतल खाल्डामा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गदूतले सर्पलाई ताला लगाई दिए ताकि एक हजार र्वषसम्म राष्ट्रहरुलाई छल्न नसकोस। एकहजार र्वषपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नुपर्छ।

4तब मैले केही सिंहासनहरु जहाँ मानिसहरु बसेको देखें। यी मानिसहरु तिनीहरु थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरुको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरु येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरुले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरुले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरु फेरि जीवित भए अनि ख्रीष्टसंग एक हजार र्वष सम्म शासन गरे।

5एक हजार र्बष पूरा नहुञ्जेलसम्म अन्य मानिसहरु फेरि जीवित भएनन्। यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो।

Revelation 20 illustration - Revelation Chapter 20

6ती मानिसहरु जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरु धन्य अनि पवित्र हुन्। यी मानिसहरुमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरु परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरु हुनेछन्। तिनीहरुले एक हजार र्वषको निम्ति शासन गर्नेछन्।शैतानको पराजय

7जब एक हजार र्वष पूरा हुन्छ शैतानलाई उसको कैदबाट मुक्त गरिनेछ।

8शैतान पृथ्वीका समस्त राष्ट्रहरु गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरु भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड लाग्नेछ अनि तिनीहरु समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।

9शैतानको सेना पृथ्वी पारी गए अनि परमेश्वरका मानिसहरुका शिविर अनि परमेश्वरको प्यारो नगर वरिपरि एकत्रित भए। तर स्वर्गबाट आगो आयो अनि शैतानको सेनालाई ध्वंश पार्यो।

10अनि शैतान जसले मानिसहरुलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै पयाँकिएका थिए। त्यहाँ दिन रात सदासर्वदा तिनीहरुलाई सजाय भोगाइनेछ।

Revelation 20 illustration - Revelation Chapter 20

11तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।

12अनि मैले ती महान अनि साधारण मानिसहरु जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरु पनि खुल्ला थिए। यी मरेका मानिसहरुलाई तिनीहरुले गरेका कर्महरुको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।

13समुद्रले ती मृत मानिसहरुलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरुसंग भएका मृत मानिसहरु दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो।

14अनि मृत्यु एवं पाताललाई अग्नि-कुण्डमा हालियो। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।

15यदि कुनै मानिसको नाउँ जीवनको पुस्तकमा लेखिएको नभेट्टाइए त्यो मानिसलाई अग्नि-कुण्डमा हालिन्थ्यो।

Chapter Complete

You have read Revelation 20

15 verses