Lumina
Revelation

Revelation 17

Revelation 17·Nepali Bible

1सातवटा कपहरु हुने स्वर्गदूतहरु मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महावेश्यालाई दिइनेछ। उ धेरै पानीमाथि बसेकी छ।

2पृथ्वीका राजाहरुले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरु उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”

3तब त्यो स्वर्गदूतले मलाई बोकेर मरुभूमिमा आत्माको नजिक लगे। त्यहाँ मैले एउटी स्त्रीलाई रातो पशुमाथि बसेकी पाँए। त्यो पशु जुन परमेश्वरको वदनामी लेखिएका नाउँहरुले ढाकिएको थियो। त्यो पशुका सातवटा टाउँको अनि दशवटा सीङ्गहरु थिए।

4त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरुमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरु अनि त्यस स्त्रीको अशुद्ध यौन पापले भरिएको थियो।

5उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो। यो लेखिएको थियोमहान बेविलोन वेश्याहरु अनि पृथ्वीका दुष्ट कुराहरुको जननी।

Revelation 17 illustration - Revelation Chapter 17

6मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरु अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरुको रगत पिएर मातेकी थिई। जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ।

7तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयौ? म तिमीलाई यस स्त्रीको अनि उ चढेको पशुको जसको सातवटा टाउँको अनि दशवटा सिङ्ग छ गुप्ती अर्थ बताउनेछु।

8त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरु, आश्चर्य चकित हुनेछन्। जब तिनीहरुले त्यो पशु देख्छन् तिनीहरु आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरु ती हुन् जसका नाउँहरु संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।

9“यसलाई बुझ्नका निम्ति तिमीलाई ज्ञानपूर्ण हृदयको खाँचो छ। त्यो पशुमा भएका सात टाउकाहरु सातवटा पहाडहरु हुन् जहाँ त्यो स्त्री बस्छे। तिनीहरु सात राजाहरु पनि हुन्।

10पाँचजना राजाहरु मरिसकेकाछन्। एकजना राजा आहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्।

Revelation 17 illustration - Revelation Chapter 17

11त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौं राजा हो। त्यो आठौं राजा पनि पहिलो सात राजाहरुकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ।

12“तिमीले देखेका दशवटा सीङ्गहरु दश राजाहरु हुन्। यी दश राजाहरुले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरुले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्।

13यी सबै दश राजाहरुको एउटै उद्देश्य छ। अनि तिनीहरुले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्।

14तिनीहरुले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरुलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरुका परमप्रभु अनि राजाहरुका राजा हुनुहुन्छ। उहाँले तिनीहरुलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरुद्वारा परास्त गर्नुहुनेछ।”

15तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरु, भिन्न-भिन्न वंशहरु, राष्ट्रहरु अनि भाषाहरु, हुन्।

Revelation 17 illustration - Revelation Chapter 17

16त्यो पशु अनि दश सिङ्गेहरु जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरुले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरुले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्।

17परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरु शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरु पूर्ण नहुञ्जेल सम्म तिनीहरुले शासन गर्नेछन्।

18तिमीले देखेको त्यस स्त्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरुमाथि शासन गर्छे।”

Chapter Complete

You have read Revelation 17

18 verses