Lumina
Revelation

Revelation 13

Revelation 13·Nepali Bible

1त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो।

2यो पशु भालूको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिँहको जस्तो मुख थियो। त्यो विशाल सर्पल त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।

3त्यस पशुको एउटा टाउँको चोट लागेको अनि मारिएको जस्तो देखिन्थ्यो। तर त्यो मृत्यु-घाउ निको भएको थियो। संसारका समस्त मानिसहरु आश्चर्य चकित भए अनि सबैले त्यस पशुलाई पछ्याए।

4मानिसहरुले त्यस विशाल सर्पको उपासना गरे किनभने त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको थियो। अनि मानिसहरुले त्यस पशुको पनि उपासना गरे। तिनीहरुले सोधे, “त्यो पशु जस्तो शक्तिशाली को छ?” को त्यसको विरुद्धमा लडाईं गर्न सक्छ?”

5त्यस पशुलाई अहँकारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो।

Revelation 13 illustration - Revelation Chapter 13

6त्यो पशुले परमेश्वरको पक्षमा नराम्रा कुरा भन्नलाई मुख उघार्यो। त्यो पशुले परमेश्वरको नाउँको विरुद्ध, त्यो स्थानको विरुद्ध जहाँ परमेश्वर बस्नु हुन्छ अनि ती सबै, जो स्वर्गमा बस्छन् उनीहरुको विरुद्ध कुरा गर्यो।

7त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरुको विरुद्ध युद्ध गर्ने अनि उनीहरुलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो।

8समस्त मानिसहरु जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात तिनीहरुले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।

9यदि कुनै मानिसको कान छ भने त्यसले सुनोस्

10कुनै मानिस यदि कैदी हुनु छ भने, तब त्यो मानिस कैदी हुने नैं छ। कुनै मानिस तरवारले मारिनु पर्छ भने, त्यो मानिस तरवारले नै मारिनेछ।यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरुसंग धैर्य र विश्वास हुनुपर्छ।

Revelation 13 illustration - Revelation Chapter 13

11त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडाको पाठाको जस्तो दुईवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो।

12यो पशु पहिलेको पशु अघि उभिन्छ । अनि पहिलो पशु जस्तै शक्तिको उपयोग गर्छ। त्यसले यो शक्ति पृथ्वीमा बस्ने सबै मानिसहरुलाई पहिलो पशुको पूजा गराउनुमा उपयोग गर्छ। त्यो पहिलो पशु त्यो पशु हो जसको टाउकोमा मृत्यु तुल्य डरलाग्दो घाउ निको भएको थियो।

13यो दोस्रो पशुले महान् चमत्कारहरु गर्छ। मानिसहरुको आँखा अघि स्वर्गबाट आगो पृथ्वीमा भर्न लगायो।

14त्यो दोस्रो पशुले उसलाई दिइएको शक्ति प्रयोग गरेर पृथ्वीमा बस्ने मानिसहरुलाई धोका दिन्छ। त्यसले यी चमत्कारहरु पहिलो पशुको सेवाको निम्ति गर्छ। दोस्रो पशुले पहिलो पशुलाई सम्मान गर्नका निम्ति मानिसहरुलाई एउटा मूर्ति बनाउने आदेश दियो। यो त्यो पशु हो जसलाई तरवारको चोट लागेको थियो, तर मरेन।

15त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो।

Revelation 13 illustration - Revelation Chapter 13

16त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरुलाई तिनीहरुको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो।

17यो चिन्ह भएका मानिसहरु बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।

18कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।

Chapter Complete

You have read Revelation 13

18 verses