Lumina
Revelation

Revelation 11

Revelation 11·Nepali Bible

1त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा देक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरुको संख्या गन्ती गर।

2तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहुदीहरुलाई दिइएको छ। तिनीहरु बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्।

3अनि म मेरा दुइ साक्षीहरुलाई अधिकार दिनेछु। अनि तिनीहरुले एकहजार दुईसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरुले पशुको भुत्लाको वस्त्र पहिरेका हुनेछन्।”

4यी दुई साक्षीहरु दुई भद्राक्षका बृक्षहरु हुन् अनि दुई दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खडा छन्।

5यदि कुनै मानिसले ती साक्षीहरुलाई घात गर्ने प्रयास गरे ती साक्षीहरुका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरुलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ।

Revelation 11 illustration - Revelation Chapter 11

6यी साक्षीहरुसित, तिनीहरुले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरुसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरुसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरुले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्‌।

7जब ती दुई साक्षीहरुले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरुको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरु सबैलाई जित्नेछ अनि तिनीहरुलाई मार्नेछ।

8ती दुई साक्षीहरुको शरीर महान् नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्त्रदेश हो। नगरका यी नाउँहरुमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो।

9हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरुले साढे तीन दिनसम्म ती दुई साक्षीहरुको शवलाई देख्नेछन्। तिनीहरुलाई गाढ्न मानिसहरुले अस्वीकार गर्नेछन्।

10किनभने यी दुई मरेकोमा पृथ्वीका बासिन्दाहरु खुशी हुनेछन्। तिनीहरु भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुई अगमवक्ताहरुले पृथ्वीमा बस्ने मानिसहरुमा अनेक यातना दिए।

Revelation 11 illustration - Revelation Chapter 11

11तर साँढे तीन दिनपछि परमेश्वरले ती दुई अगमवक्ताहरुमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरु आफ्ना खुट्टामा उभिए। सबै मानिसहरु जसले तिनीहरुलाई देखे खुबै डराए।

12तब ती अगमवक्ताहरुले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊँ।” अनि ती दुई अगमवक्ताहरु बादलमा माथि स्वर्ग गए। तिनीहरुका शत्रुहरुले तिनीहरुलाई माथि गएको देखे।

13त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरु त्यस भूँईचालोमा मरे। मानिसहरु जो मरेनन्. तिनीहरु अत्यन्त भयभीत थिए। तिनीहरुले स्वर्गका परमेश्वरलाई महिमा गरे।

14दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ।सातौं तुरही

15सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,”“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदासर्वदा शासन गर्नेछन्।”

Revelation 11 illustration - Revelation Chapter 11

16तब ती चौबीस धर्म-गुरुहरुले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरु ती धर्म-गुरुहरु हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्।

17ती अग्रजहरुले भने“प्रभु परमेश्वर जो सर्वशक्तिमान हुनुहुन्छ हामी तपाईंलाई धन्यवाद चढाउँछौ। तपाईं नै एक हुनुहुन्छ जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो। हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान शक्ति लिनुभयो अनि शासन गर्नु शुरु गर्नुभयो।

18संसारका राष्ट्रहरु क्रोधित थिए, तर अब तपाईंको क्रोधित हुने समय हो। अब, मृत मानिसहरुको न्याय गर्ने समय हो। अब, तपाईंका सेवकहरु अनि अगमवक्ताहरुलाई पुरस्कृत गर्ने समय हो, अनि तपाईंको पवित्र मानिसहरुलाई पुरस्कृत गर्ने समय हो, ती ठूला अनि साना मानिसहरु जो तपाईंलाई सम्मान गर्छन्। यो ती मानिसहरुलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”

19त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरुलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली जम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।

Chapter Complete

You have read Revelation 11

19 verses