Lumina
Revelation

Revelation 1

Revelation 1·Nepali Bible

1यो येशू ख्रीष्टको अभिमानिस हो। परमश्वरले येशूलाई यी कुराहरु, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरुलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यूहन्नालाई यी कुराहरु दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउँनु भयो।

2यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नभयो अनि यो परमश्वरको सन्देश हो।

3त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरु धन्य हुन् जो यी अगमवाणीको शब्दहरु सुन्दछन् र यही अनुसार कामहरु गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।

4यहून्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरुलाईअनुग्रह अनि शान्ति रहोस् तिमीहरुलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिहाँसन अघिका सात आत्माहरुद्वारा

5अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरुका शासक हुनुहुन्छ।आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।

Revelation 1 illustration - Revelation Chapter 1

6येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरु बनाउनु भयो। सदाका निम्ति येशूमा माहिमा अनि शक्ति रहिरहोस्। आमिन।

7हेर, येशू मेघहरुमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरुले, ती मानिसहरु जसले घोंचेका थिए तिनीहरुले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरु जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।

8प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगाहुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”

9म यूहन्ना हुँ अनि म तिमीहरुको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।

10परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो।

Revelation 1 illustration - Revelation Chapter 1

11त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरुमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”

12को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फकें। जब म र्फकिएँ, मैले सुनका सातवटा दीप-दानी देखे।

13मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो।

14तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए।

15तिनका पाउहरु भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो।

Revelation 1 illustration - Revelation Chapter 1

16उहाँको दाहिने हातमा सातवटा ताराहरु थिए। एउटा दुईपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

17जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।

18म नै एक हुँ जो बाँचेको छु। नडराउ। म नै आदि अनि अन्त हुँ। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसंग मृत्यु र पातालको साँचोहरु छन्।

19यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ।

20तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरु अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरुको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरु सातवटा मण्डलीहरु हुन्। ती सातवटा ताराहरु सातवटा मण्डलीका स्वर्गदूतहरु हुन्।

Chapter Complete

You have read Revelation 1

20 verses