Lumina
Psalms

The LORD is Holy

Psalms 99·Nepali Bible

1परमप्रभु नै राजा हुनुहुन्छ। यसैले सारा जातिहरू डरले काम्छन्। परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ। यसैले सारा संसार डरले काम्दछ।

2सियोनमा परमप्रभु महान् हुनुहुन्छ! उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।

3सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्। परमेश्वरको नाउँ विस्मयकारक छ। परमेश्वर पवित्र हुनुहुन्छ।

4शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।

5परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर अनि उहाँको पवित्र पाउदानमादण्डवत गर।

Psalms 99 illustration - Psalms Chapter 99

6मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए। तिनीहरू मध्ये शमूएल हुन जसले परमेश्वरको नाम पुकारे। तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे, अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।

7परमेश्वर अग्ला बादलबाट बोल्नु भयो। तिनीहरूले उहाँको विधिहरू पालन गरे अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो।

8हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई दण्ड दिनेको रूपमा दर्शाउनु भयो।

9हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर। हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ। उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर। 

Chapter Complete

You have read Psalms 99

9 verses