Lumina
Psalms

O Come Let Us Sing

Psalms 95·Nepali Bible

1आऊ, परमप्रभुको गुण-गान गरौं। चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बँचायो।

2परमप्रभु प्रति धन्यवादको गीत गाऊ। उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।

3किन? किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ! अन्य सारा “देवताहरू”लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।

4गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।

5सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो, परमेश्वरले आफ्नै हातले सुक्खा जमीनहरू बनाउनु भयो।

Psalms 95 illustration - Psalms Chapter 95

6आऊ, निहुँरिएर, उहाँको उपसना गरौं। जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।

7उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ अनि हामी उहाँका सन्तानहरू हौं। यदि हामीले उहाँको आवाज सुन्यौ भने आज हामी उहाँका भेडा हौ।

8परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले जंङ्गलमा हुँदा मरीबामा गरे झै अनि मरूभूमिमा गरेको मस्सामा झैं जिद्दी नगर।

9तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे, तर तिनीहरूले म के गर्न सक्थे भन्ने कुरा देखे।

10चालीस वर्षसम्म म ती मानिसहरू गन-गन सहेर बसें। अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्। तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।

Psalms 95 illustration - Psalms Chapter 95

11यसैले मेरो रीसमा तिनीहरू मेरो विश्रामको भूमिमा पस्ने छैनन भनी मैले प्रतिज्ञा गरें।”

Chapter Complete

You have read Psalms 95

11 verses