Lumina
Psalms

I Will Sing of Mercies

Psalms 89·Nepali Bible

1म परमप्रभुको महान्‌ कृपाको प्रशंसा सधैँको निम्‍ति गाउनेछु, सबै पुस्‍तासम्‍म म तपाईंको विश्‍वस्‍तता मेरै मुखले जनाउनेछु।

2तपाईंको कृपा सदाको निम्‍ति दृढ़ रहिरहनेछ, र स्‍वर्गमा नै तपाईंले आफ्‍नो विश्‍वस्‍तता स्‍थिर गर्नुभयो भनी घोषणा गर्नेछु।

3तपाईंले भन्‍नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:

4‘म तेरा सन्‍तानलाई सदाको निम्‍ति स्‍थापना गर्नेछु,र तेरो सिंहासन सारा पुस्‍तासम्‍म स्‍थिर बनाउनेछु’।”

5हे परमप्रभु, पवित्र जनहरूको सभामा स्‍वर्गले तपाईंका आश्‍चर्यकर्मको र तपाईंका विश्‍वस्‍तताको समेत प्रशंसा गर्दछ।

Psalms 89 illustration - Psalms Chapter 89

6किनकि आकाशमा परमेश्‍वरको तुलना कोसँग गर्न सकिन्‍छ? स्‍वर्गीय प्राणीहरूमध्‍ये को परमप्रभुको समान छ।

7पवित्र जनहरूको सभामा परमेश्‍वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्‍ये उहाँ धेरै विस्‍मयकर हुनुहुन्‍छ।

8हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर, तपाईंजस्‍तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्‍छ, हे परमप्रभु, र तपाईंको विश्‍वस्‍तता तपाईंको चारैतिर छ।

9उर्लंदो समुद्रमाथि तपाईंले नै राज्‍य गर्नुहुन्‍छ, जब त्‍यसका छालहरू उठ्‌छन्‌, तपाईंले नै तिनलाई शान्‍त गराउनुहुन्‍छ।

10तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्‍ट पार्नुभयो, तपाईंले आफ्‍ना शत्रुहरूलाई आफ्‍नो बाहुबलले तितरबितर पार्नुभयो।

Psalms 89 illustration - Psalms Chapter 89

11स्‍वर्ग तपाईंको हो, र पृथ्‍वी पनि तपाईंकै हो, संसार र त्‍यसको सारा पूर्णता तपाईंले नै बसाल्‍नुभएको हो।

12उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्‌।

13तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्‍च पारिएको छ।

14धार्मिकता र न्‍याय तपाईंको सिंहासनका जग हुन्‌, प्रेम र विश्‍वस्‍तता तपाईंको अगि जान्‍छन्‌।

15ती मानिसहरू धन्‍य हुन्‌, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्‌, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्‍थितिमा हिँड्‌छन्‌।

Psalms 89 illustration - Psalms Chapter 89

16तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्‌, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्‍दले मग्‍न हुन्‍छन्‌।

17किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्‍छ, र तपाईंकै निगाहले हाम्रो सीङ “सीङ” को अर्थ “शक्तिशाली जन” हो। ठाडो पारिदिनुभएको छ।

18साँच्‍चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्‌।

19एक पल्‍ट तपाईंले आफ्‍ना पवित्र जनहरूसित दर्शनमा बोल्‍नुभयो, र भन्‍नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्‍च पारेको छु।

20मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्‍यसलाई अभिषेक गरेको छु।

Psalms 89 illustration - Psalms Chapter 89

21मेरो हातले त्‍यसलाई थाम्‍नेछ, मेरो पाखुराले त्‍यसलाई अवश्‍य बलियो बनाउनेछ।

22कुनै शत्रुले त्‍यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्‍ट मानिसले त्‍यसलाई दु:ख दिनेछ।

23त्‍यसका विरोधीहरूलाई त्‍यसकै सामनेमा म चूर्ण पार्नेछु, त्‍यसका विरोधीहरूलाई प्रहार गर्नेछु।

24मेरो विश्‍वस्‍त प्रेम त्‍यससँग हुनेछ, र मेरो नाउँद्वारा त्‍यसको सीङ ठाडो हुनेछ।

25म त्‍यसको शासन समुद्रसम्‍म बढ़ाउनेछु, र त्‍यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्‍याउनेछु।

Psalms 89 illustration - Psalms Chapter 89

26त्‍यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्‍छ, मेरा परमेश्‍वर र मेरो उद्धारको चट्टान हुनुहुन्‍छ।’

27म त्‍यसलाई मेरो जेठो पनि तुल्‍याउनेछु,प्रका १:५ पृथ्‍वीका राजाहरूमा सबैभन्‍दा उच्‍च।

28म मेरो करुणा त्‍यसको निम्‍ति सदासर्वदा राख्‍नेछु, र त्‍यससँगको मेरो करार कहिल्‍यै विफल हुनेछैन।

29त्‍यसको वंशलाई म सदाको लागि स्‍थापना गर्नेछु, र त्‍यसको सिंहासन आकाशको अस्‍तित्‍व रहेसम्‍म राख्‍नेछु।

30“यदि त्‍यसका सन्‍तानले मेरो व्‍यवस्‍था त्‍यागे भने, र मेरा कानूनहरूमा चलेनन्‌ भने,

Psalms 89 illustration - Psalms Chapter 89

31यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने, र मेरा आज्ञाहरू मानेनन्‌ भने,

32म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु।

33तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्‍वस्‍तताको कहिल्‍यै धोकाबाजी गर्नेछु।

34म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्‍केको वचन बद्‌लनेछैनँ।

35मैले सदाकालको निम्‍ति आफ्‍नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्‌नेछैनँ—

Psalms 89 illustration - Psalms Chapter 89

36कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।

37आकाशमा रहेको विश्‍वसनीय साक्षी चन्‍द्रमाझैँ, सदाकालको लागि त्‍यो स्‍थापित रहनेछ।”

38तर तपाईंले आफ्‍ना अभिषिक्तलाई त्‍याग्‍नुभएको छ, र तुच्‍छ ठान्‍नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।

39तपाईंले आफ्‍नो दाससँगको करार तोड्‌नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्‍याउनुभएको छ।

40तपाईंले उनका सबै पर्खालहरू भत्‍काइदिनुभएको छ, र उनका किल्‍लाहरू नष्‍ट पारिदिनुभएको छ।

Psalms 89 illustration - Psalms Chapter 89

41त्‍यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्‌, तिनी आफ्‍ना छिमेकीहरूका निम्‍ति हेलाको पात्र भएका छन्‌।

42तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्‍च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्‍लसित तुल्‍याउनुभएको छ।

43तपाईंले उनका तरवारको धार बोधो तुल्‍याउनुभएको छ, र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन।

44तपाईंले तिनको गौरव समाप्‍त गरिदिनुभएको छ, र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ।

45उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्‌नेले ढाकिदिनुभएको छ।

Psalms 89 illustration - Psalms Chapter 89

46कहिलेसम्‍म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्‍नुहुन्‍छ? तपाईंको क्रोध कहिलेसम्‍म आगोझैँ दन्‍किरहन्‍छ?

47स्‍मरण राख्‍नुहोस्‌, मेरो आयु कस्‍तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्‍तो निरर्थकताको निम्‍ति सृजनुभएको छ!

48यस्‍तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्‍छ, र मृत्‍यु देख्‍दैन? अथवा कसले आफ्‍नो प्राणलाई मृत्‍युको शक्तिबाट छुटकारा दिन सक्‍छ?

49हे परमप्रभु, अघिका तपाईंको महान्‌ प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्‍नो विश्‍वसनीयतामा शपथ खानुभएको थियो

50स्‍मरण गर्नुहोस्‌ परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्‍नो हृदयमा जातिहरूको तिरस्‍कार सहँदैछु,

Psalms 89 illustration - Psalms Chapter 89

51हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्‍कार गरेका छन्‌, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्‌।

52परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌। आमेन अनि आमेन।

Chapter Complete

You have read Psalms 89

52 verses