Lumina
Psalms

Foundations in the Holy Mountains

Psalms 87·Nepali Bible

1परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।

2परमप्रभुले इस्राएल का अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मन पराउनु हुन्छ।

3परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।

4परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ। ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्। ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।

5परमेश्वरले सियोनमा जन्मेका प्रत्येक मानिसलाई चिन्नु हुन्छ। सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।

Psalms 87 illustration - Psalms Chapter 87

6परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ। तिनीहरू कहाँ, कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।

7परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्। तिनीहरू सुखी छन्। तिनीहरू गाइरहेछन् र नाचिरहेछन्। तिनीहरू भन्दछन्, “प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”

Chapter Complete

You have read Psalms 87

7 verses