Lumina
Psalms

How Amiable Are Thy Tabernacles

Psalms 84·Nepali Bible

1हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ।

2हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु। म एकदमै उत्तेजित छु। मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्।

3हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर, चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए। तपाईंको वेदीको छेउमा आफ्नो गुँड बनाउँछन् अनि तिनीहरूले त्यहीं आफ्ना बच्चाहरू हुर्काउँछन्।

4तपाईंको मन्दिरमा बस्ने ती मानिसहरू भाग्यमानी हुन्। तिनीहरूले तपाईंको प्रशंसा लगातार गरि रहेकाछन्।

5मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी र्हषका गीतहरू लिएर आउँछन्, तिनीहरू धेरै खुशी छन्।

Psalms 84 illustration - Psalms Chapter 84

6तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ। शरद ऋतुको वर्षाले ताल बनिन्छ।

7ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्।

8हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस् हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।

9हे परमेश्वर, हाम्रो रक्षककोरक्षा गर्नुहोस्, तपाईंका अभिषिक्त राजाप्रतिकृपालु हुनु होस्।

10हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका घरमा बस्नुभन्दा बरू मेरा परमेश्वरका मन्दिरको ढोके हुनलाई मलाई मन पर्छ।

Psalms 84 illustration - Psalms Chapter 84

11परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ, परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ। जसले परमप्रभुको अनुसरण र आज्ञा पालन गर्दछ। उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।

12हे सेनाहरूका परमप्रभु, मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।

Chapter Complete

You have read Psalms 84

12 verses