Lumina
Psalms

Pour Out Thy Wrath

Psalms 79·Nepali Bible

1हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए। ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।

2शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए।

3परमेश्वर, ती शत्रुले पानीसरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे। ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्।

4हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे। हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।

5हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरूआगो झैं अनवरत झल्दछ?

Psalms 79 illustration - Psalms Chapter 79

6हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जुन सम्प्रदायले तपाईंलाई चिन्दैन। तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।

7ती सम्प्रदायरूले याकूबलाई र उसको देशलाई ध्वंश पारे।

8हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्। चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।

9हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ। तपाईंको असल नाउँ सुनाउँको लागि हाम्रो पापहरू मेटाइदिनु होस्।

10अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्, “तिम्रो परमेश्वर कहाँ छ? के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?” परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्, यसकारण हामी त्यो हेर्न चाहन्छौं। तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।

Psalms 79 illustration - Psalms Chapter 79

11कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्! परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस् जसलाई मृत्युदण्ड दिइएकोछ।

12हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्। तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।

13हामी तपाईंका मानिसहरू हौं। तपाईंको बथानका हामी भेंडाहरु हौं। हामी तपाईंको सधैं प्रशंसा गर्दछौं, परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।

Chapter Complete

You have read Psalms 79

13 verses