Lumina
Psalms

Until I Entered the Sanctuary

Psalms 73·Nepali Bible

1साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ। परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ।

2म प्रायः चुकें अनि पाप गर्न थालें।

3मैले दुष्ट मानिसहरू सफल भएको देखें। म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ।

4ती मानिसहरू ह्रिष्टपुष्ट छन्। तिनीहरूलाई बाँच्नको लागि संघर्ष गर्नु पर्दैन।

5ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्। अन्य मानिसहरू जस्ता तिनीहरू संकटमा छैनन्।

Psalms 73 illustration - Psalms Chapter 73

6यसैले तिनीहरू अंहकारी र घृणित मानिसहरू हुन्। तिनीहरूले लगाएका बहुमूल्य गर-गहनाहरू र आर्कषक पोषाकहरू जस्तै देखिन्छन्।

7यदि ती मानिसहरू केही अरू थोक जस्तो देखिएको भए, तिनीहरू जान्छन् र लिन्छन् तिनीहरूले जे चाहे पनि गर्दछन्।

8तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन् अनि तिनीहरूले सधैं नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।

9ती अंहकारीहरू आफूलाई देवता मान्दछन्! तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।

10यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए र तिनीहरूले जे भने तिनीहरूको निम्ति त्यही कुराहरू गरे।

Psalms 73 illustration - Psalms Chapter 73

11ती दुष्ट मानिसहरू भन्छन, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्! सर्वोच्च परमेश्वरले जान्दैनन्।”

12ती घमण्डी मानिसहरू दुष्ट छन्, तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।

13यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु? किन मैले मेरो हातहरू धोई सफा राख्नु।

14हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।

15हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहुन्छु। तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।

Psalms 73 illustration - Psalms Chapter 73

16मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें। तर ती सबै मेरो लागि एकदम कठिन थिए।

17जबसम्म म परमेश्वरको मन्दिरमा गईन तब सम्म मैले तिनीहरूको आखिरी विचार जानिन।

18परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।

19संकट अचानक आउन सक्छ, तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्। भयानक कुराहरू तिनीहरूमा घट्न सक्छन् अनि तिनीहरू समाप्त हुन्छन्।

20हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्, हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्। हाम्रो सपनाका राक्षसहरू जस्ता तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ।

Psalms 73 illustration - Psalms Chapter 73

21म अज्ञानी थिएँ। मैले धनी र दुष्ट मानिसहरूको बारेमा सोचेर व्यर्थै खिन्न भएँ।

22हे परमेश्वर! म तपाईंसित शोकाकुल र क्रोधित थिएँ। मैले एउटा लठुवा र अज्ञात पशुले जस्तो व्यवहार गरें।

23मैले चाहेका सबै थोकहरू मसँग छन्। म सधैं नै तपाईंसँग साथमा छु। हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।

24हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ। त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ।

25हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु। अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।

Psalms 73 illustration - Psalms Chapter 73

26मेरो तन र मन नष्ट हुन सक्छ, तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु। मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ!

27हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ। तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।

28म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो। मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ। परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।

Chapter Complete

You have read Psalms 73

28 verses