Lumina
Psalms

Let God Arise

Psalms 68·Nepali Bible

1हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्रतत्र छरिदिनु होस्। उहाँका शत्रुहरू उहाँबाटै भागोस्।

2हावाले धूवाँलाई फुके जस्तै तपाईंको शत्रुहरू यत्रतत्र छरिनु परोस्। मैन अगोमा पग्लिए जस्तै तपाईंको शत्रुहरू नष्ट होस्।

3तर धर्मी मानिसहरू सुखी छन्, धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुने-सँगै आनन्दमा छन्। धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्।

4उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ। परमेश्वरको निम्ति बाटो तयार पार। उहाँले आफ्नो रथ मरूभूमि तिर उडाउनुहुन्छ उहाँको नाउँ ‘याह, हो उहाँको नाउँको प्रशंसा गर!

5उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।

Psalms 68 illustration - Psalms Chapter 68

6परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ। उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिरा ल्याउनुहुन्छ। तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।

7हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो। तपाईं मरूभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो।

8हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो, तब पृथ्वी काम्यो अनि आकाश पग्लियो।

9हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो, क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन।

10तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए। हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो।

Psalms 68 illustration - Psalms Chapter 68

11परमेश्वरले आज्ञा दिनुभयो अनि धेरै मानिसहरू सुसमाचार सुनाउन गए।

12“शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए! नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन् जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए। ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँडने छन्।

13तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्। तिनीहरूले सुनका चमकले टल्किरहेका पखेंटाहरू पाउने छन्।”

14जालमन पर्वतमा परमेश्वरले शत्रु राजाहरू तितर-बितर पार्नु भयो। ती झरिरहेका हिमपात जस्तै थिए।

15परमेश्वरको पर्वत बाशान पर्वत हो! बाशान पर्वत धेरै चुचुराहरू भएको विशाल पर्वत हो।

Psalms 68 illustration - Psalms Chapter 68

16हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ? परमेश्वरले सीनै पर्वतलाई प्रेम गर्नुहुन्छ। उहाँले त्यही जग्गालाई वास-स्थान बनाउनु भयो।

17परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो। उहाँको पछि लाखौंलाख रथहरू छन्।

18उहाँ उच्च पर्वत माथि-माथि जानु भयो। ती मानिसहरूसित जो उहाँका विरूद्ध भए कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै पुरूषहरूबाट उपहार लिनलाई, परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।

19परमप्रभुको प्रशंसा गर! प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ। जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।

20उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।

Psalms 68 illustration - Psalms Chapter 68

21परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेको देखाउनु हुनेछ। परमेश्वरले उहाँको विरूद्ध लड्नेहरूलाई दण्ड दिनुहुनेछ।

22मेरो स्वामीले भन्नुभयो, “म बाशानबाट शत्रु फर्काई ल्याउने छु, म पश्चिमबाट शत्रु ल्याउनेछु।

23यसकारण तिमीहरू उनीहरूको रगतमा हिंड्न सक, यसकारण तिमीहरूका कुकुरहरूले तिनीहरूको रगत ल्याप्-ल्याप् चाट्ने छन्।”

24हेर, परमेश्वरले विजयी लहरलाई डोर्याई रहनुभएको! हेर मेरो पवित्र परमेश्वर, मेरो राजा, विजयी लहरलाई डोर्याइरहनु भएको!

25आगाडि गायकहरू हिंडिरहेका छन्, तिनीहरूको पछि-पछि संगीतकारहरू हिड्दैछन्। तिनीहरूलाई खैंजडी बजाउँदै गरेका कुमारीहरूले घेरेका छन्।

Psalms 68 illustration - Psalms Chapter 68

26समुदायहरूमा परमेश्वरको प्रशंसा गर! हे इस्राएल का मानिसहरू, परमप्रभुको प्रशंसा गर!

27त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका। अनि त्यहाँ यहूदाका महान् परिवार पनि छन्। अनि त्यहाँ जबूलून र नप्ताली अगुवाहरू पनि छन्।

28हे परमेश्वर, हामीलाई तपाईंको शक्ति देखाउनु होस्! हाम्रो निम्ति बितेका दिनहरूमा प्रयोग गर्नु भएको शक्ति देखाउनु होस्।

29राजाहरूले आफ्नो सम्पत्ति तपाईंको महल यरूशलेममा ल्याउने छन्।

30तिम्रो लठ्ठीले ती “पशुहरूलाई” सधाऊ। ती मानिसहरूको जस्ता “साँढेका बथानलाई” तिमीले अनुशरण गर्ने बनाऊ। तिनीहरूले आज्ञा मान्दछन्। तिमीले ती जातिहरूलाई युद्धमा हरायौ। अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।

Psalms 68 illustration - Psalms Chapter 68

31मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ, एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।

32हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ! हाम्रो स्वामीको स्तुति-गान गर!

33परमेश्वरकोलागि गीत गाऊ! उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ। उहाँको शक्तिशाली आवाज सुन!

34परमेश्वरको प्रशंसा गाऊ किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ अनि उहाँको शक्ति आकाशमा छ।

35हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ। इस्राएल का परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो, परमेश्वरको प्रशंसा गर।

Chapter Complete

You have read Psalms 68

35 verses