Lumina
Psalms

Beautiful Mount Zion

Psalms 48·Nepali Bible

1परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।

2परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँचो पर्वतहो, यो महान् राजाको शहर हो।

3त्यस शहरको राजमहलमा, परमेश्वरलाई किल्ला भनिन्छ।

4एक समय, केही राजाहरू आपस्तमा भेट गरे। तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे। तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।

5तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे। तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे!

Psalms 48 illustration - Psalms Chapter 48

6डरले ती राजाहरूलाई कस्सेर समात्यो। ती राजाहरू डरले कामे।

7हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।

8हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं। तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं, सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!

9हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।

10हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ, मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्। तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।

Psalms 48 illustration - Psalms Chapter 48

11हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ। यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।

12सियोनको चारैतर्फ हिंड्। शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।

13अग्ला पर्खालहरू हेर, सियोनका राजमलहरूको प्रशंसा गर। तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।

14यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले हामीलाई सघैं पथ-प्रर्दशन गर्नु हुनेछ।

Chapter Complete

You have read Psalms 48

14 verses