Lumina
Psalms

Clap Your Hands

Psalms 47·Nepali Bible

1हे सारा मानिसहरू हो ताली बजाऊ! परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!

2सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ। सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।

3अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो, उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।

4परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो। उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।

5नरसिंह र तुरहीको आवाजमा जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।

Psalms 47 illustration - Psalms Chapter 47

6परमेश्वरको स्तुति-गान गर। स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।

7परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ। प्रशंसाकोगीतहरू गाऊ।

8परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।

9सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्। अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन। सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन। परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।

Chapter Complete

You have read Psalms 47

9 verses