Lumina
Psalms

Plea for Help

Psalms 28·Nepali Bible

1हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ। म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु। मेरो प्रार्थनाहरूलागि कान नथुन्नुहोस्! यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरूभन्दा हीन छु।

2हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। मप्रति दया दर्शाउनु होस्।

3हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।

4हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।

5दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्। उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्। परमप्रभुले तिनीहरूलाई दण्ड दिऊन् अनि सम्वृद्धिपूर्ण नबनाऊन्।

Psalms 28 illustration - Psalms Chapter 28

6परमप्रभुको प्रशंसा गर। उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।

7परमप्रभु मेरो शक्ति हुनुहुन्छ। उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि भरोसा गर्छु, म खुशी छु र उहाँको प्रशंसाको गीत गाउँछु।

8परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ। परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।

9हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्। जो तपाईंका हुन तिनीहरूलाई आशीर्वाद दिनु होस्। तिनीहरूको अनन्त अगुवाइ र सम्मान गर्नुहोस्।

Chapter Complete

You have read Psalms 28

9 verses