Lumina
Psalms

Praise Ye Him All His Hosts

Psalms 148·Nepali Bible

1परमप्रभुको प्रशंसा गर! माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो। परमप्रभुको प्रशंसा गर।

2हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर! उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!

3हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर। आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।

4हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर! आकाशमाथि भएका पानी हो! परमप्रभुको प्रशंसा गर!

5परमप्रभुको प्रशंसा गर। किन? किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।

Psalms 148 illustration - Psalms Chapter 148

6परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो। परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।

7हे पृथ्वीमा भएका सारा कुराहरूले, परमप्रभुको प्रशंसा गर! समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो! परमप्रभुको प्रशंसा गर।

8परमेश्वरले आगो र हिउँ, असिना, धुँवा, आँधी, बतास रच्नुभयो।

9परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो, फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।

10परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू, सानो सानो घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।

Psalms 148 illustration - Psalms Chapter 148

11परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो। परमेश्वरले अगुवाहरू र न्यायाकर्त्ताहरू बनाउनु भयो।

12परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो। परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नुभयो।

13परमप्रभुको नाउँको प्रशंसा गर! सदा-सर्वदा उहाँको नाउँको सम्मान गर। स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले उहाँको प्रशंसा गरोस्!

14परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ। मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्। मानिसहरूले इस्राएल लाई प्रशंसा गर्नेछन्। तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो। परमप्रभुको प्रशंसा गरौं!

Chapter Complete

You have read Psalms 148

14 verses