Lumina
Psalms

When the LORD Turned Again

Psalms 126·Nepali Bible

1जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ!

2हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ! अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्, “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”

3हो, हामी अत्यन्त खुशी हुनेछौं यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

4परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस, जसरी झरना र बग्दा पानीले एकपल्ट मरूभूमि भरिनेछ।

5एकजना मानिस उदास हुन सक्ला जब उसले बीजहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।

Psalms 126 illustration - Psalms Chapter 126

6त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।

Chapter Complete

You have read Psalms 126

6 verses