1म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊ आऊ।”
2हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।
3यो नयाँ यरूशलेम हो! एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो।
4त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएल का मानिसहरू त्यहाँ जाँदछन्।
5दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए। तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।

6यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”
7मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।
8हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,
9म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।
You have read Psalms 122
9 verses