Lumina
Psalms

My Help Comes from the LORD

Psalms 121·Nepali Bible

1सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ?

2मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट आउँछ।

3परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन।

4इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न। परमेश्वर कहिल्यै निदाउनु हुन्न।

5परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ, उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।

Psalms 121 illustration - Psalms Chapter 121

6तिमीलाई दिउँसो घामले अनि राती जूनले हानि पुराउँदैन।

7परमप्रभुले प्रत्येक संकटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।

8तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

Chapter Complete

You have read Psalms 121

8 verses