Lumina
Proverbs

Warning Against the Strange Woman

Proverbs 7·Nepali Bible

1हे मेरो छोरो! मेरा सल्लाहहरू सम्झि राख्। मेरा आज्ञाहरू बहुमूल्य सम्पत्ति झैं संचय गरिराख्।

2तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख।

3तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख।

4ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ; समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!”

5तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ।

Proverbs 7 illustration - Proverbs Chapter 7

6एकदिन मैले मेरो घरको झ्यालबाट हेरें, मैले धेरै ठिटाहरूलाई देखें

7अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ।

8त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। उ उसको घरको दिशातिर अगि बढिरहेको थियो।

9अस्ताँउने घामले गोधुली बेलालाई डक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो।

10त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगएकी थिइ र ऊ एकदमै धूर्त थिई।

Proverbs 7 illustration - Proverbs Chapter 7

11ऊ उच्च स्वरकी अनि विद्रोही थिइ। ऊ उसको घरमा वस्नु चाहँन्दैन थिइ।

12त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउँन कुना काप्चाहरू तिर लुकेर बस्थी।

13उसले त्यस केटोलाई समाती र चुम्बन खाई अनि निर्लज्जा रूपमा उसको आँखामा हेर्दै भनी,

14“आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरें। त्यसको केही भाग घर लगें र आज मसित खानेकुराहरू प्रशस्त छन्।

15यसैकारण म तपाईलाई खोज्न बाहिर निस्केर आइरहेकी थिंएँ अनि अहिले तपाईलाई भेटें।

Proverbs 7 illustration - Proverbs Chapter 7

16मैले मेरो ओछ्यानमा मिश्रदेशको रंगीन च्यादरले सजाएकीछु।

17मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु।

18मसित आऊ, रात भरी हामी प्रेमको आलिङ्गनमा बाँधिएर आनन्दमा विभोर भई भोग गरौं।

19मेरो पति घरमा छैनन्, तिनी धेरै लामो यात्रामा गएका छन्।

20तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।”

Proverbs 7 illustration - Proverbs Chapter 7

21त्यस स्त्रीले उसलाई फसाउँन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो।

22उसले त्यस आइमाईलाई पछ्याउँछ र एक्कासि ऊ कसाइखाना तिर लगिंदै गरेको साँढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मृग झैं भएको छ। ऊ जस्तै जालमा फँस्न उडिरहेकोछ।

23तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ।

24अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ।

25तिम्रो हृदयलाई उसको मार्ग तिर डोर्याउँन नदेऊ त्यो बाटो तिर नफर्क।

Proverbs 7 illustration - Proverbs Chapter 7

26त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे।

27त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्यको मुखमा पर्छन्।

Chapter Complete

You have read Proverbs 7

27 verses