Lumina
Proverbs

Concerning Fools

Proverbs 26·Nepali Bible

1ग्रीष्म ऋतुमा हिउँ र्बषनु राम्रो होइन, बाली काटूने समयमा पानी र्बषनु ठीक होइन अनि त्यसरी नै मूर्खलाई सम्मान गर्नु अनुचित हो।

2तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चंचल चरा उडेर गए जस्तै हो।

3जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबूमा आउँछ।

4मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ।

5एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।

Proverbs 26 illustration - Proverbs Chapter 26

6मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।

7मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो।

8मूर्खलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुयेंत्रोमा ढुङ्गा बाँध्नु हो।

9मूर्खले केही हितोपदेश कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।

10कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ।

Proverbs 26 illustration - Proverbs Chapter 26

11कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।

12यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन।ज्

13अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”

14अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको झैं, अल्छे आफ्नो ओछ्यानमा यता उति पल्टि रहन्छ।

15अल्छे मानिसलाई यति अल्छी लाग्छ कि उसलाई आफ्नो थालबाट गाँस उठाउनु पनि गाह्रो पर्छ।

Proverbs 26 illustration - Proverbs Chapter 26

16एउटा अल्छेले आफैंलाई बुद्धिमान सम्झन्छ। उसले आफैंलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ।

17दुईजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिडनु।

18छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो मैले दिल्लगी गरेको”

19भनेर भन्ने मानिस एकजना पागल मानिस जसले प्राणनाशक काँडहरू हान्छ।

20जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा आफैं अन्त हुनेछ।

Proverbs 26 illustration - Proverbs Chapter 26

21जस्तो कोइलाले अंगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडालु मानिसले झगडा चम्काउँछ।

22बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।

23माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ।

24द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।

25उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्।

Proverbs 26 illustration - Proverbs Chapter 26

26उसले उसको द्वेष छलहरूद्वारा लुकाउन सकेतापर्नी उसको दुष्टता सबैको सामुन्ने प्रकट हुन्छ।

27अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।

28जुन मानिसले झूटो बोल्छ, त्यसले आफूले हानि पुर्याएको मनिसहरूलाई नै घिनाउँछ, अनि एउटा मानिस जसले चाप्लुसी गर्छ उसले आफैंलाई हानी गर्छ।

Chapter Complete

You have read Proverbs 26

28 verses