Lumina
Proverbs

Warnings Against Folly

Proverbs 23·Nepali Bible

1यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ।

2तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ।

3उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोउ किनभने उसको भोजन छलपूर्ण हुन्छ।-7-

4धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर।

5धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पंखेटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।-8-

Proverbs 23 illustration - Proverbs Chapter 23

6एउटा कञ्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर।

7त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन।

8तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्।-9-

9मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर।-10-

10जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर।

Proverbs 23 illustration - Proverbs Chapter 23

11किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लडनु हुन्छ।-11-

12तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ।-12-

13आवश्यकता अनुसार नानीलाई सधैं सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन।

14यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ।-13-

15हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु।

Proverbs 23 illustration - Proverbs Chapter 23

16यदि तिमीले सही कुराहरू गरेको सुन्न पाए म हृदयबाट नै खुशी हुने थिँए।

17पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर।

18तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन।-15-

19मेरो छोरो, सुन र ज्ञानी बन! सधैं सही बाटोमा हिडने कुरा ख्याल गर।

20धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख।

Proverbs 23 illustration - Proverbs Chapter 23

21जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।-19-

22तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर।

23सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन।

24इमान्दार मानिसका बाबु अति सुखी मानिस हुन। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।

25यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन।-17-

Proverbs 23 illustration - Proverbs Chapter 23

26हे मेरो छोरो! म जे भन्दैछु अलिक ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर।

27एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक साँधुरो इनार जस्तो हो।

28एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे।-18-

29कसको दयनीयता छ? कसको दुःख छ? को कष्टमा डुबेकोछ? को झगडा टंटामा फँसेकोछ? बिना कारण कसले चोट पाएको छ? कसको आँखा राता भएका छन्?

30तिनीहरू ती हुन् जो रात दिन दाखरसको सेवनमा बिताउछन अनि जो मिश्रित मद्य चाख्न भोजनहरूमा जान्छन्।

Proverbs 23 illustration - Proverbs Chapter 23

31दाखरसद्वारा दाखको रातो रंगद्वारा यसको प्याला भित्रको चमकद्वारा सम्मोहित नहोऊ। यो बिना अवरोध घाँटीबाट तल स्वाट्टै जान्छ।

32तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ।

33तिमीले विचित्र चीजहरू देख्ने छौ। भ्रान्त विचार, तिम्रो मनमा कूद्ने छन्।

34तिमीलाई यस्तो लाग्नेछ महासमुद्रको माथिल्लो सतहमा सुतिरहेछौ, तिमी जहाज माथि सुतिरहेछौ।

35तिमी भन्छौ तिनीहरूले मलाई हिर्काए मैले अनुभव गरिनँ, तिनीहरूले पिटे तर मलाई थाहा भएन। म कति वेला ब्यूँझन्छु? म जान्छु अनि अर्का मद्य पिउँछु।-19-

Chapter Complete

You have read Proverbs 23

35 verses