Lumina
Proverbs

The Excellence of Wisdom

Proverbs 20·Nepali Bible

1दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।

2राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ।

3झगडा गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडाको लागि तत्पर रहन्छ।

4एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्।

5मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।

Proverbs 20 illustration - Proverbs Chapter 20

6धेरै मानिसहरूले भन्ने गर्छन तिनीहरू विश्वास योग्य मानिस छन्, तर विश्वासनीय मानिस कसले भेटून सक्छ?

7एकजना धर्मी मानिस सधै ईमान्दारी पूर्वक बास्छ र उसका नानीहरूलाई पाछि फायदा पुर्याउँछ।

8जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।

9के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ?

10परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्।

Proverbs 20 illustration - Proverbs Chapter 20

11एउटा बालकलाई उसको चाल-चलनबाट पनि जान्नु सकिन्छ उसको व्यवहार असल छ की छैन।

12परमप्रभुले देख्ने आँखा र सुन्ने कान दुबैलाई सृष्टि गर्नु भयो।

13यदि तिमी धेरै सुत्न मन पराउछौं भनें। तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसंग प्रशस्त खाने कुरा हुनेछ।

14राम्रो छैन! यो राम्रो छैन! भन्दै ग्राहकले किन्छ तर पछि उसले भाउ कसेकोमा आफैंलाई प्रशंसा गर्छ।

15सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।

Proverbs 20 illustration - Proverbs Chapter 20

16एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।

17छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ।

18कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु।

19अर्काको गोप्यनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।

20यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ।

Proverbs 20 illustration - Proverbs Chapter 20

21यदि तिमी सित भएको सम्पत्ति तिमीले छिटो छिटो र सजिलै हासिल गरेको भए यो अन्तमा आशिषपूर्ण हुनेछैन।

22यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।

23परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्।

24मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ।

25परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, पछि पछुताउनु नपरोस कि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ।”

Proverbs 20 illustration - Proverbs Chapter 20

26एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।

27एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउछ।

28यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।

29एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो।

30कुटाइले चोट पुर्याउ र खराबी हटाउँछ अनि मुक्कारहरूले भित्रि जीवलाई सफा गर्छ।

Chapter Complete

You have read Proverbs 20

30 verses