Lumina
Proverbs

Wisdom Brings Security

Proverbs 2·Nepali Bible

1मेरो छोरा! म जे भन्छु ग्रहण गर। मेरा आदेशहरू स्मरण गर।

2ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।

3ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।

4चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।

5यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।

Proverbs 2 illustration - Proverbs Chapter 2

6परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।

7उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।

8उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरू प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।

9यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।

10बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।

Proverbs 2 illustration - Proverbs Chapter 2

11ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ।

12ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।

13यस्ता मानिसहरू इमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्।

14तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।

15तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिमीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग्ग राख्छ।

Proverbs 2 illustration - Proverbs Chapter 2

16बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ।

17जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली।

18अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ। उसको पछि लाग्ने मर्नेछ।

19जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।

20ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।

Proverbs 2 illustration - Proverbs Chapter 2

21इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।

22तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।

Chapter Complete

You have read Proverbs 2

22 verses