Lumina
Proverbs

The Beginning of Knowledge

Proverbs 1·Nepali Bible

1यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए।

2मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहाण गर्न सिकाउँछन्।

3यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, इमान्दार हुने सही मार्गदर्शन गर्छन्।

4यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्।

5बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्।

Proverbs 1 illustration - Proverbs Chapter 1

6तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।

7परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूलेअनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।

8हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर।

9तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्।

10हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्।

Proverbs 1 illustration - Proverbs Chapter 1

11त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं।

12आऊ, हामी त्यस मानिसलाई जसरी चिहानले लाश निल्छ त्यसरी नै सम्पूर्णरूपले त्यसलाई निल्ने छौं, जसरी चिप्लेर कोही गहिरो खाल्डामा झर्छ त्यसरी नै त्यस मानिसलाई शुन्य पार्नेछौं।

13हामी धेरै बहुमूल्य चीजहरू लूटेर आफ्नो घर लैजानेछौं।

14यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।”

15हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख्।

Proverbs 1 illustration - Proverbs Chapter 1

16किनभने तिनीहरू पाप कर्म गर्न सधैं अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्।

17बेकारछ जाल थाप्नु जब सबै चराहरूले तिमीलाई देखिरहेका हुन्छन्।

18यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ।

19जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ।

20सुन, ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छ। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे।

Proverbs 1 illustration - Proverbs Chapter 1

21ज्ञानले भीड गल्लीहरूमा बोलाइरहेकीछे। ज्ञान नगरको फाटकमा बसेर मानिसहरूलाई बोलाई रहन्छे। ज्ञानले भन्छे,

22“अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ।

23यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियौ भने, म जे जान्दछु तिमीलाई भन्नेछु अनि मेरो जम्मै बुद्धि सिकाउनेछु।

24मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ

25र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ।

Proverbs 1 illustration - Proverbs Chapter 1

26यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु।

27जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।

28तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ।

29म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ।

30तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस वखत तिमीहरूले मलाई ध्यानै दिएनौ।

Proverbs 1 illustration - Proverbs Chapter 1

31तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।

32अनुभवहीन मानिसहरू बरालिन्छन् अनि मर्छन्, मुर्खहरू कुनै विषयमा चिन्तित हुदैनन् अनि यसले तिनीहरूलाई नष्ट गर्नेछ।

33तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैं सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।ज्ञानका कुराहरू सुन

Chapter Complete

You have read Proverbs 1

33 verses