Lumina
Numbers

The Nazarite Vow and Priestly Blessing

Numbers 6·Nepali Bible

1परमप्रभुले मोशालाई भन्नुभयो,

2“यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।

3त्यस व्यक्तिले आफूलाई दाखरस अथवा कुनै मद्यबाट अलग राख्नु पर्छ अथार्त त्यो व्यक्तिले कुनै प्रकारको मद्य अथवा नशालु चीज खानु अथवा पिउनु हुँदैन। अनि त्यस व्यक्तिले कुनै दाखको रस अथवा दाखको रस हालेको केही पनि खानु हुँदैन। त्यस व्यक्तिले ताजा होस अथवा सुकेको, दाख खानु हुँदैन।

4जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन।

5“त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुञ्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।

Numbers 6 illustration - Numbers Chapter 6

6“जतिञ्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन।

7उसको आफ्नो बाबु-आमा, दाज्यू-भाइ, दिदी-बहिनी जो पनि मरोस् मुर्दाको छेउमा जानु हुँदैन, उसले तिनीहरूको निम्ति आफूलाई अशुद्ध नबनाओस् किनभने आफ्नो परमेश्वरका निम्ति आफैं नाजिरी भएको चिन्ह उसको आफ्नो शिरमा छ।

8जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ।

9“अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौं दिनमा खौरिनु पर्छ।

10तब आठौं दिनमा उसले दुइवटा ढुकुरको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्।

Numbers 6 illustration - Numbers Chapter 6

11तब ती दुइवटा ढुकुर अथवा परेवा पूजाहारीले एउटा पापबलिको निम्ति चढाउँछ अनि अर्को होमबलिको निम्ति चढाउँछ। उ मुर्दाको छेउमा भएर गरेको पापको निम्ति उसले त्यसको लागि प्राश्चित गर्नु पर्छ। त्यस दिन त्यस व्यक्तिले फेरि आफ्नो शिर शुद्ध पार्छ।

12अनि फेरि आफूलाई परमप्रभुको निम्ति अलग राख्छ र एउटा एक वर्षको थुमा ल्याएर दोषबलिको निम्ति चढाउँछ। उसको अर्पण गरिएको कपाल अशुद्ध भएको कारण पहिले अलग बसेको समय गन्तीमा नलिई नयाँ शुरू गर्नु पर्छ। पहिले गरेको समयमा मुर्दा स्पर्श गरी अशुद्ध भएको हुनाले उसले यस्तो गर्नुपर्छ।

13“उसको अलग रहने समय समाप्त भए पछि नाजिरी भेट हुने पालको प्रवेशद्वारमा जानु पर्छ,

14अनि परमप्रभुलाई एउटा उपहार चढाऊ। उसको उपहार यस्तो हुनु पर्छएउटा एक वर्षे निष्खोट थुमा होमबलिको निम्ति; एउटा एक वर्षे निष्खोट भेडा पापबलिको निम्ति र एउटा निष्खोट भेडा र एउटा निष्खोट साँढे भेडा मेल बलिको लागि चढाउनु पर्छ।

15एक डालो मिहिन पीठोमा तेल मिसाएर बनाएको अखमिरी रोटी। यी रोटीहरूमा तेल छर्केको हुनु पर्छ। अन्नबलि र अर्घबलि पनि यी उपहारहरूका अशं हुन्।

Numbers 6 illustration - Numbers Chapter 6

16“पूजाहारीले यी सबै चीजहरू परमप्रभुलाई चढाऊन र पापबलि र होमबलि चढाऊन।

17त्यस पछि पूजाहारीले मेलबलिको निम्ति एउटा भेडा अखमिरी रोटीको डालोसितै चढाऊन्। पूजाहारीले आवश्यक अनुसार अन्नबलि र अर्घबलि पनि चढाऊन्।

18“अब भेट हुने पालको द्वारमा जाऊ, नाजिरीले उसको केश खौरोस् अनि यसलाई आगोमा जलाओस् जहाँ मेल बलि सेकाउथ्ये।

19“पूजाहारीले भेडाको उसिनेको कधं र डालोबाट एउटा रोटी र एउटा फुलौरा नाजिरीको हातमा दिऊन्।

20त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अघि डोलाउन्। मेलबलिका निम्ति चढाइएको भेडाको ह्याकुलो र साँप्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजरीले यो दाखरस पिउन सक्छ।

Numbers 6 illustration - Numbers Chapter 6

21“यी नियमहरू नाजिरीले परिपूर्ण गने शपथ हुन्। त्यस व्यक्तिले यी सब चीजहरू परमप्रभुलाई चढाउनै पर्छ। यदि कसैले यस भन्दा अधिकको भाकल गर्छ भने तब उसले आफ्नो वचन राख्नु नै पर्छ। तर उसले यी नियमहरू नाजिरीको निम्ति राख्नु पर्छ।”

22परमप्रभुले मोशालाई भन्नुभयो,

23“हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिदाँ यसो भन्नु।

24परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।”

25परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।

Numbers 6 illustration - Numbers Chapter 6

26परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन् अनि तिमीहरूमा शान्ति दिऊन्।”

27“यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”

Chapter Complete

You have read Numbers 6

27 verses