Lumina
Numbers

Laws of Vows

Numbers 30·Nepali Bible

1मोशाले इस्राएलीहरूका कुलनायक व्यक्तिहरूलाई भने परमप्रभुले आज्ञा गर्नु भएको कुराहरू यही हुन्;

2“जब एकजना व्यक्तिले परमप्रभुलाई केही चढाउँछु भनी विशेष शपथ गर्छ अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन गर्छ भने उसले त्यो शपथ अथवा वाचा बन्धन खेर फाल्नु हुँदैन। उसको मुखबाट निस्केको वचन पुरा गर्नै पर्छ।

3“तर केही जवान स्त्री तिनको बाबुको घरमा रहँदा नै परमप्रभुलाई केही चढाउँछु भनी विशेष भाकल गरेकी छे अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन खाएकी भए।

4र उसको बाबुले सुनेर पनि केही आफ्त्ति नगरे उसले त्यो आफ्नो भाकल अथवा वाचा बन्धन पुरा गर्नैपर्छ।

5तर यदि तिनका बाबुले यसको बारेमा सुने भने र उनलाई त्यसो गर्नबाट रोके भने, उनले प्रतिज्ञा गरेको कुरा पूरा गर्नु पर्दैन। किनभने उनको बाबुले उनलाई मनाही गरे र परमप्रभुले उनलाई क्षमा दिनेछन्।

Numbers 30 illustration - Numbers Chapter 30

6“अनि यदि तिनी एउटा पतिसित विवाह गरेकी छिन् अनि यस्तो केही गर्ने शपथ अथवा प्रतिज्ञा बनाइन् भने।

7अनि यदि तिनका पतिले यस विषयमा सुनेर र तिनलाई रोक्दैनन् भने, तिनले तिनका भाकलहरू अथवा वाचाहरू गर्नु पर्छ।

8तर उसको लोग्नेले कुनै दिन चाल पाएर विरोध गरे उसको भाकल अथवा वाचा बन्धन भङ्ग हुन्छ अनि परमप्रभुले पनि उसलाई क्षमा दिनुहुन्छ।

9“विधवा अथवा आफ्नो पतिसित छुटानाम गरेकी स्त्रीले प्रत्येक भाकल वा शपथ पूरा गर्नु नै पर्छ।

10“तर कुनै विवाह भएकी स्त्रीले आफ्नो पतिको घरमा आएर भाकल गर्छे वा वाचा बन्धन खान्छे

Numbers 30 illustration - Numbers Chapter 30

11अनि उसको लोग्नेले चाल पाएर पनि कुनै विरोध नगरे तब उसको सबै शपथ वा वाचा बन्धन पूरा गर्नुपर्छ।

12तर यदि उसको लोग्नेले चाल पाएर उसले विरोध गरे उसको शपथ वा वाचा बन्धन त्यहीं अवैद्ध हुन्छ। उसको लोग्नेले विरोध गरेकोले परमप्रभुले उसलाई क्षमा गर्नुहुनेछ।

13पतिले उसकी पत्नीलाई उसको विरोध गरेर भङ्ग पनि गराउनु सक्छ।

14यदि पत्नीले गरेको शपथ वा खाएको वाचा बन्धनको विषय लोग्नेले चाल पाएर पनि त्यस दिन विरोध नगरे त्यस स्त्री आफ्नो शपथ वा वाचा बन्धनको प्रत्येक चीज पूरा गर्नु पर्छ। कारण उसले चाल पाएर पनि विरोध गरेको छैन।

15तर पत्नी गरेको शपथ वा वाचा बन्धन चाल पाएर पतिले भङ्ग गरी दिन्छ भने शपथ वा वाचा बन्धन भङ्ग गरिदिएकोमा उत्तरदायी तिनको लोग्ने हुनेछ।”

Numbers 30 illustration - Numbers Chapter 30

16लोग्ने-पत्नी तथा विवाह पूर्व आफ्नो आमा-बाबुको घरमा बसेकी जवान केटीको विषयमा परमप्रभुले मोशालाई दिनु भएको नियमहरू यिनीहरू नै हुन्।

Chapter Complete

You have read Numbers 30

16 verses