Lumina
Numbers

Daily and Special Offerings

Numbers 28·Nepali Bible

1परमप्रभुले मोशालाई भन्नुभयो,

2“इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगो द्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।

3अनि तिनीहरूलाई भन, “प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।

4एउटा थुमा बिहान र अर्को एउटा घाम अस्ताइ सकेपछि तर अँध्यारो हुन अघि चढाउनु पर्छ।

5अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”

Numbers 28 illustration - Numbers Chapter 28

6परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।

7एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।

8त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।”

9“विश्रामको दिनमा पनि एक वर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ।

10नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।”मासिक बैठक

Numbers 28 illustration - Numbers Chapter 28

11“प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक वर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ।

12प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेडासित तेलले मुछेको एपको दश खण्डको दुई खण्ड अन्नबलिको निम्ति र

13प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ।

14प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। वर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो।

15होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।

Numbers 28 illustration - Numbers Chapter 28

16“पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।

17त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।

18यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन।

19त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।

20तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,

Numbers 28 illustration - Numbers Chapter 28

21र सातवटा थुमाहरूसित प्रत्येकको एपाको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढउनु पर्छ।

22तिनीहरूलाई प्रायश्चित गर्नका निम्ति पापबलिको लागी एउटा बाख्रा बलि चढाउनु पर्छ।

23तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।

24“यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।

25“सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु।

Numbers 28 illustration - Numbers Chapter 28

26“अगौटे फलहरूको दिनहरूमा, सातौ दिनका चाढहरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन।

27तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू होमबलि चढाउनु पर्छ।

28प्रत्येक बाछासित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,

29अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपाको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ।

30तिमीहरूको प्रायश्चितको निम्ति एउटा बोको पनि बलि चढाउनु।

Numbers 28 illustration - Numbers Chapter 28

31तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।

Chapter Complete

You have read Numbers 28

31 verses