Lumina
Numbers

Balaam's Oracles I

Numbers 23·Nepali Bible

1बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेडा मेरो निम्ति तयार पार।”

2बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेडा प्रत्येक वेदिमा बलि चढाए।

3त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कही जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए।

4परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा साँढे र एउटा भेडा बलिको निम्ति प्रत्येक वेदीमा चढाइएको छ।”

5तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।”

Numbers 23 illustration - Numbers Chapter 23

6यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए। तब बिलामले यी कुराहरू भनेः

7बालाक, मोआबका राजाले मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे। बालाकले मलाई भने,“आऊ मेरो निम्ति याकूबलाई शराप। आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।”

8कसरी म केही कुरालाई सराप्नु जसलाई परमेश्वरले सरापेको छैन; कसरी म कसैको विरूद्धमा बोल्नु जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन्।

9म पर्वतबाट ती मानिसहरूलाई देख्छु, म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु, तिनीहरूले एकान्तमा बस्छन्, तिनीहरू आफैलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।

10याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्? तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ। तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन। मेरो आत्माले असल मृत्यु पाओस्, मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”

Numbers 23 illustration - Numbers Chapter 23

11त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याए तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।”

12बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।”

13त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसंग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।”

14तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेडा प्रत्येक वेदीमा बलि दिए।

15तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।”

Numbers 23 illustration - Numbers Chapter 23

16यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, बालाककहाँ जाऊ अनि यसो भन।

17यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेऊमा उभिरहेको थियो उसले अन्य मोआबका बूढा-प्रधानहरूसित बलि चढाए बालाकले सोधे, “परमप्रभुले के भन्नुभयो?”

18बिलामले आगमवाणी दिएः“उठ बालाक अनि म जे भन्छु सुन; सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन,

19परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।

20परमप्रभुले मलाई भन्नुभयो, ती मानिसहरूलाई आशीर्वाद देऊ, परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बदलाउन सक्तिन।

Numbers 23 illustration - Numbers Chapter 23

21परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन, इस्राएलका मानिसहरूमा परमेश्वरले पाप देख्नु भएन। परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ, अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ। ती महान राजा तिनीहरूसित हुनुहुन्छ।

22परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो तिनीहरू जंगली साँढे झै बलिया छन्।

23याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन। कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्। याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्, ‘परमेश्वरको महान सृष्टिलाई हेर!’

24मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लडछन्। अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन। अनि त्यो सिंहले विश्राम नै लिंदैन जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”

25बालाकले बिलामलाई भने, “आज देखि, तिमी मानिसहरूलाई आशिष अथवा सराप दिनु हुदैन्।”

Numbers 23 illustration - Numbers Chapter 23

26बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”

27तब बालाकले बिलामलाई भने, “अब मसंग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।”

28यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरूभूमि देखिन्थ्यो।

29बिलामले भने, “सातवटा वेदी बनाऊ। त्यसपछि वेदीमा बलिको निम्ति सातवटा साँढे र सातवटा भेडाहरू तयार पार।”

30बालाकले ठीक पारे अनि वेदीहरूमा ती साँढे र भेडाहरू बलि चढाए।

Chapter Complete

You have read Numbers 23

30 verses