Lumina
Matthew

Feeding the 5000; Walking on Water

Matthew 14·Nepali Bible

1त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए।

2हेरोदले आफ्ना नोकहरूलाई भने, “यो मानिस साँच्चै बप्तिस्मा दिने यूहन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।’

3यसअघि हेरोदले युहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई सांग्लोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्।

4यसो भनेका थिए, “तपाईं हेरोदले बुहारीलाई पत्नि बनाएर राख्नु ठीक हुदैन् यसकारण यूहन्नालाई पक्रेको थिए।”

5तर मानिसहरूदेखि उसलाई डर थियो। मानिसहरूले यूहन्नालाई एकजना अगमवक्ता भनी विश्वास गरेका थिए।

Matthew 14 illustration - Matthew Chapter 14

6हेरोदको जन्म दिनमा, हेरोदियासकी छोरीले हेरोद र तिनका अतिथिहरूका निम्ति नाचेर देखाई। हेरोद खूबै खुशी भए।

7अनि उसले चाहेकी कुनै पनि चीज दिने वजन हेरोदले दिए।

8के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसंग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”

9राजा हेरोद खूबै दुखी भए। तर छोरीले जे चाहन्छे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए।

10यसर्थ उनले केही मानिसहरूलाई पठाए अनि तिनीहरूले कैदमा परेका यूहन्नाको टाउको काट्न लगाए।

Matthew 14 illustration - Matthew Chapter 14

11तिनीहरूले यूहन्नाको टाउको एउटा थालमा ल्याए र त्यस केटीलाई दिए। उसले यूहन्नाको टाउको आफ्नी आमा हेरोदियास कहाँ लगे।

12यूहन्नाका चेलाहरू आए र तिनको देह लगेर गाडे। अनि तिनीहरू येशूकहाँ गए र भएका घटनाहरूको वर्णन गरे।

13जब येशूले युहन्नामाथि भएका घटनाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए।

14जब येशू नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो।

15त्यसै अपरान्ह चेलाहरू येशू कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरे ढिलो भयो, तिनीहरूलाई पठाईदिनुहोस जसमा कि तिनीहरू आफै गएर आफ्ना निम्ति खानेकुरा किन्न सकून्।”

Matthew 14 illustration - Matthew Chapter 14

16येशूले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बरू तिमीहरू आफैले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदेऊ।”

17चेलाहरूले भने, ‘तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”

18येशूले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।”

19त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए।

20सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे

Matthew 14 illustration - Matthew Chapter 14

21त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए।

22तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो।

23मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो।

24यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो।

25बिहानको पहिलो प्रहारीतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिडँदै तिनीहरू भएतिर जानुभयो।

Matthew 14 illustration - Matthew Chapter 14

26उहाँलाई पानीमा हिड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए।

27तर येशूले तत्कालै भन्नुभयो, ‘साहसी होऊ यो म हुँ। डराउनु पर्दैन्।”

28पत्रुसले भने, “प्रभु, यदि वास्तवमा तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिडेर तपाईंकहाँ आउन भन्नुहोस्।’

29येशूले भन्नुभयो, “आऊ पत्रुस।”त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानिमाथि हिंडदै येशू भएकहाँ गए।

30पानीमाथि हिंडदा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्नलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।”

Matthew 14 illustration - Matthew Chapter 14

31त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमीले किन शंका गर्छौ?”

32जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो।

33डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”

34त्यसपछि उहाँहरू झील तरेर गनेसरेतको किनारमा पुग्नुभयो।

35त्यस ठाउँका मानिसहरूले येशूलाई देखे। उहाँ वास्तवमा को हुनहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशू त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशूकहाँ पुर्याए।

Matthew 14 illustration - Matthew Chapter 14

36तिनीहरूले उहाँको लुगाको किनार मात्र पनि छुनलाई अनुमति माँगे ताकि तिनीहरूको बिमार जाति होस्।

Chapter Complete

You have read Matthew 14

36 verses