Lumina
Mark

Demoniac, Sick Woman, Jairus' Daughter

Mark 5·Nepali Bible

1येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो।

2जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।

3त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्लाले बाँधेर पनि,

4धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्लाले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्लाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन।

5रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैले आफैलाई ढुंगाले काट्दै हिंडथ्यो।

Mark 5 illustration - Mark Chapter 5

6जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगूरेर आयो अनि उहाँका अघि निहुरियो।

7येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइजा।”

8अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्!?”

9त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।

10ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।

Mark 5 illustration - Mark Chapter 5

11त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए।

12दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुंगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।”

13अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती सुंगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुंगुरहरू थिए।

14सुंगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घटनाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घटना हेर्न आए।

15मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।

Mark 5 illustration - Mark Chapter 5

16केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए।

17अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानूहोस् भने।

18येशू डुङ्गा मा चढदै हुनुहुन्थ्यो,दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसंगै जानलाई बिन्ती गर्यो।

19तर येशूले त्यस मानिसलाई आफूसंग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”

20तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।

Mark 5 illustration - Mark Chapter 5

21येशु डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए।

22सभाघरका एकजना याइरसले येशूलाई देखे, अनि यशूलाई दण्डवत गरे।

23याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि उ निको हुनेछ अनि बाँच्नेछ।”

24अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।

25ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो।

Mark 5 illustration - Mark Chapter 5

26त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।

27त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।

28त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।”

29अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी।

30अनि येशूले आफूबाट शक्ति सन्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?’

Mark 5 illustration - Mark Chapter 5

31चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ मलाई कसले छोयो?”

32तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।

33त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।

34येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”

35येशू अझ्झैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दुख दिने आवश्यकता छैन।”

Mark 5 illustration - Mark Chapter 5

36तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरष्ठ्वका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”

37येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।

38येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो।

39येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।”

40तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो।

Mark 5 illustration - Mark Chapter 5

41अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)

42सानी बालिका जुरूक्कै उठी अनि हिंड्न लागी। (बालिका 12र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे।

43येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्क केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।

Chapter Complete

You have read Mark 5

43 verses