Lumina
Malachi

Warnings to the Priests

Malachi 2·Nepali Bible

1“हे पूजाहारीहरू हो, यो नियम तिमीहरूको निम्ति हो। मेरोकुरा सुन। जे म भन्छु त्यसमाथि ध्यन देऊ। मेरो सम्मान गर।

2यदि तिमीहरूले सुन्दैनौ र मेरोनाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशिर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौभनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

3“हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मरेको पशुको भित्री भाग लिएरआउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ।

4तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाईकिन दिंदैछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदैछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वले यी सबै कुराहरू भन्नुभयो।

5परमप्रभुले भन्नुभयो, “मैले यो करार लेवीहरूसंग गरें। मैले उनीहरूलाई शान्तिपूर्ण जीवन दिने प्रतिज्ञा गरें, अनि मैले दिएँ। लेवीबरूले मेरो सम्मान गरे। तिनीहरूलेमेरो नाउँको सम्मान गरे।

Malachi 2 illustration - Malachi Chapter 2

6लेवीहरूले साँचो शिक्षा दिए। लेवीबरूले झूटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरणगरे अनि धेरै मानिसहरूलाई अपराध गर्नबाट बचाएँ।

7पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनिपरमप्रभुको शिक्षा सिकनु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”

8परमप्रभुले भन्नुभयो, “पूजाहारीहरूले मेरो अनुशरण गर्न छोडिदिए। तिमीहरूले नराम्रो कामको निम्ति मानिसहरूलाई शिक्षादियौ। तिमीहरूले लेवीहरूसंग गरेको करारभङ्ग गर्यौ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

9“तिमीहरू मैले भनेको जस्तो भएनौ! तिमीहरूले हाम्रो शिक्षा स्वीकार गरेनौ। यसकारण म तिमीहरूलाई महत्वहिन बनाउँछु। मानिसहरूले तिमीलाई आदर गर्ने छैनन्।”

10हामी सबैको एउटै पिता हुहुन्छ। उनै परमेश्वकले हामी सबैलाई बनाउँनु भयो। यसकारण मानिसहरूले आफ्नो भाइलाई किन ठग्छ? उनिहरूले करार को पालनानगरेको प्रकट गर्छन्। उनीहरूले त्यो करारलाई लागु गर्दैनन् न त हाम्रा पिता-पुर्खाहरूले परमेश्वरसंग गरे।

Malachi 2 illustration - Malachi Chapter 2

11यहूदाका मानिसहरूले अरू मानिसहरूलाई ठगे। यरूशलेमअनि इस्रएलका मानिसहरूले घिनलाग्दा कामहरू गरे। परमेश्वले मन्दिरलाई प्रेम गर्नुहुन्छ। तर यहूदाका बासिन्दाले परमप्रभुको पवित्र मन्दिरको सम्मान गरेनन्।यहूदाको मानिसहरूले बिदेशी देवताहरूको पूजा गर्न थाले।

12परमप्रभुले ती मानिसहरूलाई यहूदाका कुलबाट अलग गर्नुहुन्छ। ती मानिसहरूले परमप्रभुलाई भेटील्याउँन सकलान् तर यसले कुनै सहायता गर्ने छैन।

13तिमीहरूले रोएर परमप्रभुको वेदी आँसुले भिजाउँन सक्छौ, तर परमप्रभुले तिमीहरूको भेटी ग्रहण गर्नुहुने छैन।परमप्रभु ती चिजहरूबाट प्रसन्न हुनुहुने छैन जे तिमीहरूले लिएर आउँछौ।

14तिमीहरू सोध्छौ, “हाम्रो भेटीहरू परमप्रभुले किन स्वीकार गर्नु भएन? किनभने तिमीहरूले गरेका नराम्रा कामहरू परमप्रभुले देख्नु भएको छ, उहाँ तिमीहरूको बिरूद्धसाक्षी हुनुहुन्छ। उहाँले देख्नुभएको छ, तिमीहरूले आफ्नो पत्नीलाई ठगी रहेछौ। तिमीहरूले त्यस स्त्रीसित तिमी जवान हुँदा नै बिवाह गरेको थियौ। ऊ तिम्रो प्रियसीथिई। त्यस समय तिमीले बैवाहिक करार गर्यौ अनि ऊ तिम्री पत्नी भई। तर तिमीले उसलाई ठग्यौ।

15परमेश्वर चाहनु हुन्छ पत्नीहरू एक शरीर अनि एक आत्माहुन्। किन? जसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।

Malachi 2 illustration - Malachi Chapter 2

16परमप्रभु इस्रएलका परमेश्वर भन्नुहुन्छ, “म बिवाह बिच्छेद घृणा गर्छु। म पुरूषहरुको क्रुर कामहरू घृणा गर्छु। यसकारण अफ्नो आत्मीक एकताको रक्षा गर। आफ्नो पत्नीलाई धोका नदेऊ।

17तिमीहरूले परमेश्वरलाई शिक्षादेखि चिन्तित बनाएका छौ अनि त्यो झूटो शिक्षाले परमप्रभुलाई अत्यन्तै कष्ट दिएको छ। तिमीहरूले सोच्यौ कि परमेश्वर एउटामानिस जस्तै हो जसले खराब काम गर्छ। तिमीहरूले भन्यौ कि परमेश्वले उनीहरूलाई राम्रो सम्झनु हुन्छ अनि तिमीहरूले सोच्यौ कि परमेश्वरले नराम्रो कामको

Chapter Complete

You have read Malachi 2

17 verses