Lumina
Luke

Luke 8

Luke 8·Nepali Bible

1अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसंगै थिए।

2त्यहाँ उहाँसंग यस्ता स्त्रीहरु पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो।

3अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिंया पैसा दिएर मद्दत पुर्याए।

4येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भनेः

5“एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए।

Luke 8 illustration - Luke Chapter 8

6केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए।

7कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो।

8अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।”

9चेलाहरूले उहाँलाइ प्रश्न गरे, “यो कथाको अर्थ के हो?”

10येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारणःतिनीहरू हेर्छन तर देख्दैनन्, अनि तिनीहरू सुन्दछन् तर बुझदैनन्।

Luke 8 illustration - Luke Chapter 8

11यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो।

12बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्।

13तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसंग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोडछन् अनि परमेश्वरदेखि टाढा बस्छन्।

14काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन।

15अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसंग राम्रो फलहरू पनि फलाउँछन्।

Luke 8 illustration - Luke Chapter 8

16“कुन मानिसले बत्ती बालेर भाँडाले छोप्छ? अथवा खाटमुनि राख्छ? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्।

17लुकेका प्रत्येक कुराहरूनै स्पष्ट देखिनेछ अनि उज्यालोमा ल्याइनेछ।

18यसर्थ कसरी सुन्न पर्ने हो सर्तक होऊ। जसले केही बझन सक्तछ त्यसले अरू धेरै जान्न पाउँदछ। तर जसले बुझदैन, उसकोमा जति छ त्यो पनि हराउँछ।”

19येशूको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न गाह्रो पर्यो।

20कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पर्खेर उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”

Luke 8 illustration - Luke Chapter 8

21येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”

22एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिंडन थाले।

23जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए।

24चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्युँझाए। तिनीहरूले भने, “गुरूज्यु! गुरुज्यु! हामी डुब्न लाग्यौं।” येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो।

25उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कूरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”

Luke 8 illustration - Luke Chapter 8

26तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे।

27जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।

28त्यसलाई भूतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँङ्गलोले बाँधियो। तर त्यस मानिले सँधैं साँङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भुत्‌ले एकान्त ठाँउतिर खेदथ्यो। तर येशूले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्किने आज्ञा दिनुभयो।

29त्यो मानिस येशूको अघाडी घोप्टेर ठुलो स्वरले चिच्यायो, “हे, सर्वोच्च परमेश्वरका पुत्र येशू, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।”

30येशूले त्यसलाई सोध्नु भयो, “तिम्रो नाम के हो?”त्योस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्।

Luke 8 illustration - Luke Chapter 8

31ती भूतहरूले तिनीहरूलाई अन्नत अँध्यारोमा नपुराइयोस् भनी याचना गरे।

32त्यस पहाडमा एउटा ठूलो बथान सुंगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुंगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो।

33तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुंगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुंगुरहरू पानीमा डुबे।

34जब सुंगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घटना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए।

35मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए।

Luke 8 illustration - Luke Chapter 8

36मानिसहरू जो त्यस घटना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए।

37गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए।अनि उहाँ एउटा डुङ्गामा चढनु भयो अनि गालीलतर्फ जानु भयो।

38त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसंगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो,

39“घरतिर जाऊ अनि परमेश्वर तिम्रा निम्ति जे गर्नुभयो त्यसबारे मानिसहरूलाई सुनाऊ।”त्यसपछि त्यो मानिस येशूले त्यसको निम्ति के-के गर्नुभयो सारा शहरका मानिसहरूलाई भन्दै हिड्‌यो।

40येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए।

Luke 8 illustration - Luke Chapter 8

41एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे।

42याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई।जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो।

43एकजना बाह्र र्बष देखि रक्तस्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैद्यको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्केनन्।

44त्यो आइमाई पछि पट्टि आएर येशूको कोटको छेउ छोई। त्यसै समयदेखि त्यसको रक्तस्त्राव बन्द भयो।

45अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?”सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।”

Luke 8 illustration - Luke Chapter 8

46तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।”

47जब त्यो आईमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर दण्डवत गरी। ती जम्मै मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टै आफ्नो रोगबाट मुक्त भएकी थिई बताई।

48येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसंग जाऊ।”

49जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने,“तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ।‘‘

50जब येशूले यो कूरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्नेछे।”

Luke 8 illustration - Luke Chapter 8

51येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन।

52सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, उ सुतिरहेकी छे।

53मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो।

54तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ!”

55त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।”

Luke 8 illustration - Luke Chapter 8

56त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घटनाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।

Chapter Complete

You have read Luke 8

56 verses