Lumina
Luke

Luke 22

Luke 22·Nepali Bible

1यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो।

2मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।

3येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो।

4मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसंग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गरयो।

5यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे।

Luke 22 illustration - Luke Chapter 22

6यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चहान्थ्यो।

7यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे।

8येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”

9पत्रुस र यूहन्नाले येशूलाई सोधे, “तपाईं हामीले कहाँ खाना तयार पारेको रूचाउनु हुन्छ?”येशूले तिनीहरूलाई भने,

10“सुन! जब तिमीहरू शहर जान्छौं, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याँउदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीं एउटा घरमा पस्नेछ। त्यसकै पछि तिमीहरू लाग।

Luke 22 illustration - Luke Chapter 22

11त्यस घरका मालिकलाई भन, हाम्रा गुरुज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’

12त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको ठूलो कोठा देखाउनेछ। यो कोठानै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीं तयार गर।”

13त्यसपछि पत्रुस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।

14तिनीहरूको निस्तारको भोज गर्ने समय भएको थियो। येशू र प्रेरितहरू टेबलको वरिपरि बरिरहेका थिए

15येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो।

Luke 22 illustration - Luke Chapter 22

16किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।”

17त्यसपछि उहाँले एक कचौरा दाखरस लिनु भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँढ।

18म तिमीहरूलाई भन्छु, “म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”

19त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।”

20त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”

Luke 22 illustration - Luke Chapter 22

21येशूले भन्नुभयो, “तिमीहरूले मध्ये कोही एकजनाले मलाई धोका दिनेछौ। उसको हात टेबलमा मसँगै छ।

22परमेश्वरले जे योजना गर्नु भएकोछ त्यो मानिसको पुत्रले पुरा गर्नेछ। तर धिक्कार छ उसलाई जसले हत्याको निम्ति मानिसको पुत्रलाई सुपिन्छ।”

23त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”

24तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे।

25तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्।

Luke 22 illustration - Luke Chapter 22

26तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ।

27को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठुलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?

28“तिमीहरू तिनीहरू हौ जो मेरो संर्घषहरूमा छेउमा बसेका थियौं।

29मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु।

30मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।

Luke 22 illustration - Luke Chapter 22

31“शैतानले जाँच गर्न सोध्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन,

32मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”

33तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसंग तयार छु।”

34तर येशूले भन्नुभयो, “ए पत्रुस, आज भाले बास्न अघि नैं, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।”

35तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?”प्रेरितहरूले भने, “भएन।”

Luke 22 illustration - Luke Chapter 22

36येशूले तिनीहरूलाई भन्नुभयो, “तर अब तिमीहरूसंग पैसा, थैली जे छ त्यो लैजाऊ। यदी तिमीहरूसंग तरवार छैन भने, आफ्नो कोट बेच र एउटा किनिराख।

37यो धर्मशास्त्रले भन्छ। मानिसहरूले भने उनी अपराधी हुन्। यशैया 5312धर्मशास्त्रमा लेखिएका कुरा साँचो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँचो भइरहेछ।”

38चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्! यहाँ दुइवटा तरवार छन्!”येशूले तिनीहरूलाई भन्नुभयो, “दुइवटा नै प्रशस्त हुनेछ।”

39येशूले शहर (यरूशलेम) छोडनु भयो अनि सधैं झैं जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहांसंगै गए।

40जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।”

Luke 22 illustration - Luke Chapter 22

41तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो,

42“हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कचौरा मदेखि हटाइदिनुहोस्। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।”

43त्यसपछि स्वर्गबाट एउटा दूत देखा परयो अनि येशूलाई दृढ बनायो।

44येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसंग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो।

45जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।

Luke 22 illustration - Luke Chapter 22

46येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।”येशू पक्राउ पर्नुभयो(मत्ती

47जतिबेला येशू बोलिरहनु भएको थियो, एक दल मानिसहरू त्यहाँ आइपुगे। बाह्रजना प्रेरितहरूमध्ये एकजना जसलाई यहूदा भनिन्थ्यो त्यो दललाई अगुवाई गरिरहेको थियो। यहूदा येशूको नजिकै उहाँलाइ म्वाई खान आयो।

48तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?

49येशूका चेलाहरू पनि त्यहीं उभिरहेका थिए। तिनीहरूले के भइरहेको थियो बुझे। चेलाहरूले येशूलाई सोधे, “हे प्रभु, के हामीले हाम्रा तरवारहरू चलाउँ?”

50अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।

Luke 22 illustration - Luke Chapter 22

51येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो।

52येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ?

53म तपाईंहरूसंगै प्रत्येक दिन मन्दिरमा हुने गर्थें। तपाईंहरूले मलाई त्यहाँ पक्रनु भएन? तर यो अन्धकारले शासन चलाउने समय हो।”

54तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुरयाए। पत्रुस पनि तिनीहरूसंगै गए तर तिनी येशूको नजिक गएनन्।

55सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसंगै बसे।

Luke 22 illustration - Luke Chapter 22

56एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसंगै थियो।”

57तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।”

58केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।” तर पत्रुस ले भने, “मानिस म हैनऊ”

59प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसंगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।”

60तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?”जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो।

Luke 22 illustration - Luke Chapter 22

61त्यसपछि प्रभु येशू र्फकनु भयो अनि पत्रुसलाईर् हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।”

62त्यसपछि पत्रुस बाहिर गयो अनि ग्वाँ ग्वाँ रोयो।

63कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूल येशूको उपाहस यसरी गरेः तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए।

64त्यसपछि तिनीहरूले उहाँलाई हिर्काए अनि भने, “यदि तिमी अगमवक्ता हौ भने, भन तिमीलाई कसले हिर्कायो?”

65अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे।

Luke 22 illustration - Luke Chapter 22

66अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे ।

67तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!”येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन।

68अनि यदि मैले तपाईंहरूलाई सोधें भने त्यसको जवाफ पनि दिनुहुन्न।

69तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।”

70तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।”

Luke 22 illustration - Luke Chapter 22

71तिनीहरूले भने, हामीलाई अरू साक्षी किन खाँचो परयो? हामी आफैले उसले यसो भनेका सुनेका हौ!”

Chapter Complete

You have read Luke 22

71 verses