Lumina
Luke

Luke 13

Luke 13·Nepali Bible

1त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए।

2येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घटना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सौच्छौ?

3होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ।

4सिलोआमको धरहरा तिनीहरूमाथि झरेर आठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ?

5तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?”अनुपयोगी रुख

Luke 13 illustration - Luke Chapter 13

6येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन।

7त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन र्वष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने?

8तर नोकरले उत्तर दियो, मालिक फलको लागि अझ एक र्वष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्।

9हुनसक्छ, आउँदो र्वष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।”‘

10विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो।

Luke 13 illustration - Luke Chapter 13

11सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह र्वषबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी।

12जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।”

13येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी।

14विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसंग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।

15प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ?

Luke 13 illustration - Luke Chapter 13

16यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह र्वषसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?”

17जब येशूले यसो भन्नुभयो, सबै मानिसहरू जसले उहाँको निन्दा गरे तिनीहरू लज्जित भए। अनि भिडका सबै मानिसहरू येशूले गरेको त्यस्तो अचम्मित कार्यका निम्ति खुशी भए।

18त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ?

19परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”

20येशूले फेरि भन्नु भयो, ‘‘म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ?

Luke 13 illustration - Luke Chapter 13

21त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठुलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ।‘‘:13-14, 21-23)

22येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिंदै जानुभयो। उहाँ यरूशलेम जान यात्रा गरिरहनु भएको थियो।

23कसैले उहाँलाई भने, “हे प्रभू! कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?”येशूले भन्नुभयो,

24“साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन।

25यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्‌ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?”

Luke 13 illustration - Luke Chapter 13

26तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो।

27अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।

28तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ।

29मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिनछन्

30अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”

Luke 13 illustration - Luke Chapter 13

31त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।”

32येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’

33तर आज र भोलि मैले मेरो काम गर्नै पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्नै पर्छ।

34“ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।

35यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाइ तिमीहरूले भन्ने छैनौ कि स्वागत! परमेश्वले तिनलाई आशीर्वाद दिऊन् जो परमप्रभूको नाउँमा आँउछन्।”

Chapter Complete

You have read Luke 13

35 verses