Lumina
Leviticus

Laws of Vows

Leviticus 27·Nepali Bible

1परमप्रभुले मोशालाई भन्नुभयो,

2“इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ।

3बीस वर्ष देखि साठ्ठी वर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ।

4एउटै उमेर भएकी स्त्रीहरूको मोल तीस शेकल हो। (तिमीहरू चाँदीको निम्ति अधिकारी नाप प्रयोग गर्नुपर्छ।)

5पाँच वर्षदेखि बीस वर्ष पुगेको मानिसको दाम बीस शेकेल चाँदी र यही उमेरकी स्त्रीको दाम दश शेकेल चाँदी।

Leviticus 27 illustration - Leviticus Chapter 27

6एक महीनाबाट पाँच वर्षसम्म पुगेको केटोको दाम पाँच शेकेल चाँदी अनि केटीको दाम तीन शेकेल।

7साठी वर्ष अथवा बढीको पुरूषको दाम पन्ध्र शेकेल र स्त्रीको दाम दश शेकेल चाँदी हुन्छ। (चाँदीको परिणाम सरकारी परिणाम अनुसार हुनुपर्छ)

8“यदि कुनै मानिस एकदमै गरीब भए उसलाई पूजाहारीकहाँ ल्याउनु र त्यस मानिसले कति तिर्नु पर्ने निर्णय गर्नेछन्। बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्डको भोगाइ र बाँचेका मानिसहरू।परमप्रभुलाई उपहार

9“केही पशुहरू परमप्रभुलाई बलि स्वरूप चढाउन सकिन्छ। यदि कुनै मानिसले तिनीहरू मध्ये एउटा पशु ल्याए त्यो पवित्र हुन्छ।

10जुन पशु उसले परमप्रभुलाई चढाउने प्रतिज्ञा गरेको थियो, उसले त्यो पशु अर्को पशुसित साट्नुहुँदैन। राम्रो पशुसित नराम्रो अथवा नराम्रोसँग राम्रो पशु साट्नु हुँदैन। यदि कुनै मानिसले त्यसो गर्छ भने ती दुवै पशुहरू पवित्र हुनेछन् र ती दुबै परमप्रभुको हुनेछन्।

Leviticus 27 illustration - Leviticus Chapter 27

11“कोही पशुहरू परमप्रभुको निम्ति बलिहरू चढाउँन सकिंदैन यदि कुनै मानिसले त्यस्तो अपवित्र पशु परमप्रभुलाई चढाउन ल्याए, त्यो पूजाहारीकहाँ ल्याउनुपर्छ।

12त्यो पशु चाहे राम्रो होस् अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ।

13यदि त्यो मानिस त्यो पशु फर्काउन चाहन्छ, उसले यसको दाममाथि अझै एक पाँचौ अंश थप्नुपर्छ।

14“अब यदि कुनै मानिसले आफ्नो घर परमप्रभुलाई अर्पण गर्न चाहान्छन् भने, पूजाहारीले त्यस घरको दाम तोक्‌नुपर्छ। त्यो घर गत्तिलो होस् अथवा नराम्रो यसमा कुनै भिन्नता रहँदैन, यदि पूजाहारीले मूल्य तोकेपछि त्यही नै पक्का मूल्य हुनेछ।

15यदि त्यस मानिसले त्यो घर फेरि फर्काउन खोजे उसले तोकेको दाममा अझ पाँचौं अशं थप्नुपर्छ र त्यो घर फेरि उसैको हुनेछ।

Leviticus 27 illustration - Leviticus Chapter 27

16“यदि कुनै मानिसले आफ्नो खेतको एउटा अंश परमप्रभुमा अर्पण गर्छ, तब अर्पिएको जमीनको अंशको दाम बीउको परिमाण अनुसार तोकिनु पर्छ जो जमीनको त्यस आदेशमा छर्न सकिन्छ। एक होमरजौको बीउ जाने जमीनको पचास शेकेलचाँदीको दरले दाम तोक्न सकिन्छ।

17यदि कुनै मानिस आफ्नो जमीन जयन्ती वर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ।

18तर यदि त्यस दाताले उत्सवपछि जमीन दान गर्छ भने त्यसको दाम पूजाहारीले हिसाब गरेर पक्का दाम तोक्नुपर्छ। अर्को महोत्सव वर्षसम्म कति वर्ष बाँकी रहन्छ त्यही प्रकारले उसले मूल्य तोक्नुपर्छ।

19यदि त्यही दामले आफ्नो जमीन फर्काउन चाहे तोकिएको दाममा अझ एक पाँचौ अंश थपेर लिओस् तब त्यो जमीन फेरि उसको आफ्नो हुन्छ।

20यदि त्यस दाताले मूल्य चुकाएर आफ्नो जमीन फर्काएन भने त्यो जमीन पूजाहारीको हुन्छ। तर यदि त्यो जमीन अरू कसैले किने फेरि दामाले फर्काउन सक्तैन।

Leviticus 27 illustration - Leviticus Chapter 27

21महोत्सवको वर्षमा जमीन मुक्त गरिदिन्छ। यो परमप्रभुको निम्ति पवित्र भूमि झैं परमप्रभुलाई सम्पूर्ण रूपले अपर्ण गरिएको हुन्छ यो सधैंको निम्ति पूजाहारीको हुनेछ।

22“यदि कुनै मानिसले, आफ्नो पारिवारिक सम्पत्ति नभई कुनै उसले किनेको जमीन परमप्रभुलाई अर्पण गर्छ भने,

23तब पूजाहारीले त्यो वर्षदेखि महोत्सव वर्षसम्म रहेको वर्षको हिसाबले जमीनको दाम तोकोस्, तब त्यो जमीन परमप्रभुको हुनेछ।

24महोत्सव वर्षमा त्यो जमीन फेरि जुन मालिकबाट दाताले किनेको थियो उसैको हुन्छ।

25“कुनै चीजको दाम तोकिंदा पवित्रस्थानको प्रशासनद्वारा अधिकारिक नाप अनुसार तोकिनु पर्छ। प्रशासनको विधि अनुसार एक शेकेल बराबर बीस गेराह हुन्छ।

Leviticus 27 illustration - Leviticus Chapter 27

26“मानिसहरूले परमप्रभुलाई गाई तथा भेडाहरू पनि विशेष बलिको रूपमा चढाउन सक्छन्। तर यदि चढाइने पशु माऊको प्रथम थुमा अथवा बाछा हो भने त्यो परमप्रभुकै हो। यसर्थ मानिसहरूले ती पशुहरू परमप्रभुलाई विशेष बलि स्वरूप चढाउन सक्तैनन्।

27तर यदि त्यो पहिला जन्मिएको पशु अशुद्ध छ। तब त्यस मानिसले फेरि यसलाई किनेर फर्काउनुपर्छ। पूजाहारीले त्यो पशुको दाम तोक्छ र किन्नेले त्यसमा पाँचौ अंशको एक अंश थपेर किन्नुपर्छ। तर यदि त्यही व्यक्तिले नकिने पूजाहारीले उसले तोकेको दाममा त्यो पशु बेच्नुपर्छ।

28“मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिंदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्।

29“यदि यस्तो विशेष उपहार मानिसको छ भने तब उसले किनेर फिर्ता ल्याउन सक्दैन र त्यसलाई अवश्यै मार्नु पर्छ।

30“सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो।

Leviticus 27 illustration - Leviticus Chapter 27

31यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ।

32“मानिसहरूको गाई तथा भेडाहरूबाट प्रत्येक दशौं पशु पूजाहारीले लिन सक्छन् किनभने प्रत्येक दशांश पशु परमप्रभुको हो।

33त्यो छानिएको पशु असल हो अथवा होइन त्यस विषयमा त्यसको मालिकले चिन्ता गर्ने काम छैन। उसले त्यो पशु अर्को एउटासँग साट्न सक्तैन, यसो गरे ती दुइटै पशुहरू परमप्रभुका हुन्छन्। त्यो पशु किनेर फर्काउन सकिंदैन।”

34सीनै पर्वतमा परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति दिनु भएका आज्ञाहरू यीनै हुन्। 

Chapter Complete

You have read Leviticus 27

34 verses