Lumina
Leviticus

The Holiness of Priests

Leviticus 21·Nepali Bible

1परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हारूनका छोराहरू पूजाहारीहरूलाई भनः पूजाहारीले लाश छोएर आफैंलाई अशुद्ध पार्नु हुँदैन।

2तर यदि मृतक मानिस उनको साक्खै पर्ने हो भने मात्र उनले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्। यदि मृतक मानिस उनका आमा अथवा बाबु, उनका छोरा-छोरी, दाज्यू-भाइ।

3अथवा अविवाहित दिदी-बहिनी भए तिनले लाश छोएर आफैंलाई अशुद्ध पार्न सक्छन्। (कन्ये दिदी अथवा बहिनी उनको साक्खै मानिन्छ जबसम्म तिनीहरूको बिहे हुँदैन, यसर्थ तिनीहरू मरेको खण्ड पूजाहारीले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्।)

4तर यदि मरेको मानिस बिहे द्वारा आफन्त पर्छ, पूजाहारीले लाशलाई छोएर त्यसले उ आफूलाई अशुद्ध बनाउन सक्दैनन्।

5“पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउन्, दाह्रीको कुना कुना नकाटुन् अनि शरीरमा कुनै चोट नबनाउन्।

Leviticus 21 illustration - Leviticus Chapter 21

6पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किन? किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।

7“पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्।

8पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किन? किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु।

9“यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छे, आफ्नो बाबुलाई लाजमर्दो पार्छे, यसर्थ उसालाई आगोमा जलाउनुपर्छ।

10“प्रमुख पूजाहारी आफ्नैं दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको वस्त्रादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअघि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लुगा च्यात्नु हुँदैन।

Leviticus 21 illustration - Leviticus Chapter 21

11यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेऊमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबाऊन्।

12प्रधान पूजाहारी पवित्र स्थानबाहिर जानुहुँदैन, यदि ऊ मलामि जान्छ ऊ अपवित्र हुनेछ। तब उसले पवित्र स्थानलाई अपवित्र बनाउँछ। अभिषेक तेल उनको टाउकोमा खन्याएर उनलाई मानिसहरूबाट छुट्‌याइन्छ हो। म परमप्रभु हुँ।

13“प्रधान पूजाहारीले कन्ये केटीलाई बिहे गर्नुपर्छ।

14प्रमुख पूजाहारीले वेश्या, छुटानाम गरेकी आइमाई र विधवालाई बिहे गर्नु हुँदैन। प्रमुख पूजाहारूरीले आफ्ना मानिसहरुबाट कन्येलाई मात्र बिहे गर्नु पर्छ।

15यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अग्ग राखेको छु।”

Leviticus 21 illustration - Leviticus Chapter 21

16परमप्रभुले मोशालाई भन्नुभयो,

17“हारूनलाई भन; यदि उनका सन्तानहरू मध्ये कसैमा कुनै शारीरिक खोट भए, उसले आफ्नो परमेश्वरलाई खाद्य चढाउने निवेदन गर्नु हुदैन।

18कुनै मानिस जसको केही खोट भएको भए उसले पूजाहारी भएर मलाई सेवा नगरोस् मेरो निम्ति बलिहरू नल्याओस्। यस्ता मानिसहरूले पूजाहारी भएर सेवा गर्न सक्तैनन्,अन्धा मानिसहरू, लङ्गडा मानिसहरू, अनुहारमा नराम्रा दाग भएका मानिसहरू, हात अथवा खुट्टाहरू लामा-लामा भएका मानिसहरू,

19हात अथवा खुट्टा भाँचिएका मानिसहरू,

20कुप्रो पिठिउँ भएको, बाउन्ने, आँखाको रोग भएको, चिलाउने घाउ भएको, लुतो लागेको, संन्धिमा चोटलागेको नपुंसक मानिसहरू।

Leviticus 21 illustration - Leviticus Chapter 21

21हारूनका सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्दैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्दैन।

22त्यो मानिस पूजाहारीको परिवारको एकजना सदस्य भएकोले गर्दा उसले आफ्नो परमेश्वरको दुवै पवित्र अनि महापवित्र खाद्य खानु सक्छ।

23तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किन? किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”

24यसर्थ मोशाले यी कुराहरू हारून, उनका छोराहरू अनि इस्राएलका समस्त मानिसहरूलाई भन्नुभयो।

Chapter Complete

You have read Leviticus 21

24 verses