Lumina
Lamentations

Zion's Calamity

Lamentations 4·Nepali Bible

1हेर सुन कसरी फिका भयो। हेर असली सुन कसरी बद्लियो। त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्। तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।

2सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए। तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो। तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्।

3स्यालहरूले पनि आफ्नो छाउराहरूलाई दूध चुसाएर हुर्काउँछन्, तर मेरा मानिसकी छोरी निष्ठुरी छन्। उनी मरूभूमिमा हुने शतुमुर्ग जस्तै छन्।

4दूध खाने शिशुको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। नानीहरूले रोटी मागिरहेका छन्, तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।

5ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे, गल्लीमा भोकले मरिरहेकाछन्। ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।

Lamentations 4 illustration - Lamentations Chapter 4

6मेरा मानिसका छोरीहरूको पाप सदोम र गोमोरको भन्दा ठूलो छ। सदोम र गोमोर सजिलै सर्वनाश भए। त्यो मानिसको हातबाट सर्वनाश भएको होइन।

7यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुंङ्गा जस्तै थिए।

8अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्। तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन। तिनीहरूका छाला हड्डीसंग टाँसिएर चाउरी परेका छन। तिनीहरूका छाला काठझैं खस्त्रा छन।

9जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।

10एक समयमा माया गर्ने आइमाईहरूले आफ्ना नानीहरूका लागि खाना पकाउँथे। पछिबाट ती नानीहरू नै तिनीहरूका आमाहरूका एकमात्र आहार बने। यी सबै कुराहरू भए जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।

Lamentations 4 illustration - Lamentations Chapter 4

11परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो र उहाँले आफ्नो क्रोध पोखाउनु भयो। उहाँले सियोनमा आगो लगाउनु भयो। आगोले सियोन्‌को जगहरू धराशायी गरिदियो।

12यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन् भन्ने कसैले विश्वास गर्न सक्दैन थे।

13यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू र पूजाहारीहरूको पापको कारणले गर्दा अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे ती मानिसहरूको कारणले गर्दा, भएका थियो।

14अगमवक्ताहरू र पूजाहारीहरू अन्धा मानिस सरह गल्लीहरूमा हिंङ्दथे। तिनीहरू रगतले लत्‌पत् भएका थिए। एका अर्कामा लुगा छुन पनि घिनाउँथे।

15तिनीहरू चिच्याए, “भाग! भाग! हामीलाई नछोऊ!” तिनीहरू भन्छन्, “तिनीहरू बेगारी भई घुम्नु पर्छ। उनीहरू यहाँ रहन सक्दैनन्।”

Lamentations 4 illustration - Lamentations Chapter 4

16परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो उहाँले तिनीहरूको हेरचाह गर्नुभएन। उहाँले पूजाहारीहरूको आदर गर्नुभएन यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन्।

17सहायताको निम्ति हेर्दा हेर्दा हाम्रो आँखाहरू टट्टाए। तर कतैबाट सहायता आएन। हामीले स्वयंलाई बचाउँन कुनै एक जातिलाई हेर्यौं। तर कुनै जाति पनि आएन।

18हाम्ना शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे। हामी गल्लीमा सम्म निस्कन सकेनौं। हाम्रो अन्त्य नजीक आई सक्यो। हाम्रो समय पूरा भैसक्यौ। हाम्रो अन्त्य आई सक्यो।

19ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरूभूमिमा लुकेर ढुकी बसे।

20राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”

Lamentations 4 illustration - Lamentations Chapter 4

21एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ।

22हे सियोन तिमीहरूका दण्ड पूर्ण भयो, तिमीहरू फेरि कैदखानामा छैनौ। तर हेर परमप्रभुले एदोमका मानिसहरूलाई तिमीहरूको पापको दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूका पाप उदाङ्गो पार्नु हुनेछ।

Chapter Complete

You have read Lamentations 4

22 verses