Lumina
Judges

The Song of Deborah

Judges 5·Nepali Bible

1इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः

2इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ!

3हे राजाहरू हो। सुन हे शासकहरू हो। म गाउनेछु। म स्वयं परमप्रभु प्रति गाउँनेछु। म परमप्रभुका निम्ति, इस्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु।

4हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो। तपाईं एदोम देशबाट हिंड्नु भयो। तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो, आकाशबाट वृष्टि भयो, मेघहरूले पानी बर्साए।

5परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि।

Judges 5 illustration - Judges Chapter 5

6अनातका छोरा शमगरको समयमा, याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए। व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे।

7त्यहाँ कोही सेनाहरू थिएनन्। दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई, तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्।

8परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो शहरका द्वारहरूमा लड्नका निम्ति। इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल अनि एक भाला पाउँन सकेनन्।

9मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ जो स्वेच्छाले युद्धमा जाने भए!परमेश्वर प्रति धन्यवाद चढाऊ!

10सेतो गधाको ढाडमा चढ्ने, जीनको कम्बलमा बस्ने अनि बाटोमा हिंड्ने तिमी मानिसहरू ध्यान देऊ।

Judges 5 illustration - Judges Chapter 5

11पशुहरूको लागि पानी भएको खाडलहरूमा हामी झ्याम्टाको सङ्गीत सुन्दछौ। मानिसहरू परमप्रभुको विजय, इस्राएलमा उहाँका सेनाहरूको विजय जब परमप्रभुका मानिसहरू शहरद्वारमा लडेर विजयी भए, त्यस विषयमा गाउँछन्।

12जाग, व्यूँझ दबोरा! जाग, जाग अनि गीत गाऊ! हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ तिम्रा शत्रुहरूलाई कब्जा गर।

13अब, बाँचेका अगुवाहरू कहाँ जाऊ। परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ।

14एप्रैमका मानिसहरू अमालेकको पहाडी देशबाट आए। बिन्यामीन, ती मानिसहरूले, तिमी अनि तिम्रा मानिसहरूको अनुसरण गरे। अनि, माकीरका कुलका सेनापतिहरू त्यहाँ उपस्थित थिए। जबूलून कुल समूहको नायकहरू अधिकारीहरू र कर्मचारीहरूसित आए।

15इस्साकारका अगुवाहरू दबोरासितै आए; तिनीहरूले बाराकलाई सर्मपण गरेका थिए। ती मानिसहरू हिंडेर भञ्ज्याङ गए। रूबेन, तिम्रा सेनाहरूमा अनेक साहसी सेनाहरू छन्।

Judges 5 illustration - Judges Chapter 5

16यसर्थ, तिमीहरू किन भेड-शिबिरका अग्निहरूमा अलमली बस्यौ? रूबेनका सेनाहरूले युद्धको बारेमा गहिरो सोच गरे। तर तिनीहरूले आफ्ना भेडहरूका निम्ति बजाएको सङ्गीत सुन्दै छाउनीमा बसे।

17गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ आफ्ना छाउनीमा बसे। अनि तिमी दानका मानिसहरू तिमीहरू किन तिमीहरूका जहाजका छेउमा बस्यौ? आशेरका मानिसहरू सागर छेउमा बसे, आफ्ना सुरक्षित पोताश्रयमा छाउनी लाएर।

18तर जबूलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे।

19कनानका राजाहरू युद्ध गर्न आए, तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्। तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।

20स्वर्ग बाट ताराहरू तिनीहरूका निम्ति लडे, आकाशबाट ताराहरू सीसराको विरूद्ध लडे।

Judges 5 illustration - Judges Chapter 5

21कीशोन नदी-त्यो प्राचीन नदीले सीसराका मानिसहरूलाई बगाएर लग्यो। मेरो आत्मा, पराक्वम सहित अघिबढ!

22घोडका टापहरूले भूइँ ठोके। सीसराका शक्तिशाली घोड झन-झन दौडे।

23परमप्रभुका स्वर्गदूतले भन्नुभयो, “मेरोज शहरलाई श्राप देऊ, यसका मानिसहरूलाई श्राप देऊ। परमप्रभुलाई सघाउन तिनीहरू सेनासित आएनन्।”

24याएल केनी हेबेरकी पत्नी थिइन्। तिनी सबै स्त्रीहरूभन्दा अधिक धन्य हुनेछिन्।

25सीसराले पानी मागे, याएलले उसलाई दूध दिइन्। शासकलाई कचौरामा तिनले राम्रो घिऊ ल्याइदिइन्।

Judges 5 illustration - Judges Chapter 5

26तब याएल बाहिर गइन्। अनि पालको कीला लिइन्। तिनको दाहिने हातले एउटा मार्तोल लिइन, जो एकजना मजदूरले उपयोग गर्छ। त्यसपछि तिनले त्यो मार्तोल सीसरा माथि चलाइन्! तिनले उसको शिरमा हिर्काइन अनि उसको कन्चटमा वारपार प्वाल पारिदिइन्।

27उनी याएलका पाउ माझ घोप्टो परे उनको मृत्यु भयो। अनि उनी त्यहीं लडे। जहाँ सीसरा घोप्टो परे, त्यहीं त्यसको मृत्यु भयो। अनि तिनी मृत्यु लोगमा पुगे।

28हेर, त्यहाँ सीसराकी आमा छिन् झ्याल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्, अनि विलाप गर्दै छिन्। “सीसराको रथ किन यति ढीलो भयो? उसको रथको आवाज म किन सुन्दिन?”

29तिनकी सबै भन्दा ज्ञानी सेविकाले तिनलाई उत्तर दिइन् साँच्चै, सेविकाले तिनलाई उत्तर दिइन्।

30“म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे, अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिंदैछन्। तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँडदैछन्। प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युवतीहरू लिंदैछन्। हुनसक्छ, सीसराले एक टुक्वा रंगीन वस्त्र भेट्टाए। त्यो यही हो! सीसराले एक टुक्वा बेल-बुट्टादार वस्त्र। हुन सक्छ दुइ टुक्वा विजेता सीसराले लाउनका निम्ति भेट्टाए।”

Judges 5 illustration - Judges Chapter 5

31हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्! अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, झुल्कँदो सूर्य जस्तै शक्तिशाली बनुन्!”यसरी त्यो भूमिमा चालीस वर्षसम्म शान्ति रह्यो।

Chapter Complete

You have read Judges 5

31 verses